बिहीबार, वैशाख २५, २०८२

बजाज नेपालको ‘व्हिल्स अफ मेमोरी’ फोटोग्राफी प्रतियोगिता सम्पन्न, शिर्ष तस्बिरहरू ग्राण्ड कर्निभलमा प्रदर्शनीमा

मेरोन्यूज २०८२ वैशाख २५ गते १२:५७

काठमाडौं । बजाज नेपालले आयोजना गरेको ‘व्हिल्स अफ मेमोरी’ फोटोग्राफी प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिताले केवल मोटरसाइकल राइडरहरूलाई मात्र नभई नेपालको सांस्कृतिक विविधतालाई पनि सम्मान गर्दै बजाज र ग्राहकबीचको सम्बन्ध अझ गहिरो बनाएको छ।

उक्त प्रतियोगितामा नेपालभरिका बजाज राइडरहरूलाई नेपाली १२ महिनालाई प्रतिनिधित्व गर्ने तस्बिरहरू पठाउन आह्वान गरिएको थियो। प्रतियोगिताले उल्लेख्य सहभागिता बटुल्न सफल भएको छ, जसअन्तर्गत ७० भन्दा बढी सहभागीद्वारा कलात्मक, सिर्जनात्मक र भावनात्मक तस्बिरहरू प्राप्त भएका थिए।

विभिन्न पक्षबाट मूल्याङ्कन गरिँदा उत्कृष्ट ठहरिएका १२ सहभागीलाई विजेता घोषणा गरिएको छ। यी विजेताहरूका तस्बिरहरू बजाजको आगामी नयाँ वर्ष २०८२ को आधिकारिक क्यालेन्डरमा समावेश गरिनेछ। साथै, प्रत्येक विजेताले १० हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्।

विजेता तस्बिरहरू हालै भृकुटीमण्डपमा सुरु भएको बजाज ग्राण्ड कर्निभल २०८२ मा प्रदर्शनमा राखिनेछ। वैशाख १६ देखि २७ गतेसम्म सञ्चालन हुने कर्निभलमा ग्राहकहरूका लागि विशेष छुट तथा सुविधा उपलब्ध गराइएको छ।

कुनै पनि बजाज मोटरसाइकल अब केवल नागरिकताको आधारमा शून्य सर्भिस चार्जमै खरिद गर्न सकिनेछ। त्यस्तै, कर्निभल स्थलमै अन द स्पट फाइनान्स सुविधा, निःशुल्क एसेसोरीज, र २० भन्दा बढी विज्ञ मूल्यांकनकर्ताद्वारा ग्यारेन्टीसहितको उच्चतम मूल्यांकन सेवा उपलब्ध गराइएको छ। नयाँ बाइक खरिदकर्ताले ‘बजाज खुसीको मिटर’ खेल्ने अवसर पनि पाउनेछन्, जहाँबाट आकर्षक पुरस्कारहरू जित्न सकिनेछ।

हंसराज हुंलासचन्द एन्ड कम्पनीका मार्केटिङ विभाग प्रमुख अमितराज चालिसेले प्रतियोगिताबारे प्रतिक्रिया दिँदै भने ‘व्हिल्स अफ मेमोरी प्रतियोगिता हाम्रो ब्रान्ड र ग्राहकहरूबीचको आत्मीय सम्बन्ध झन् मजबुत बनाउन गरिएको प्रयास हो। प्रत्येक नेपाली महिनालाई सम्मान गर्दै, बाइक प्रेमीहरूको जोश, सृजनशीलता र समर्पणलाई समेट्न पाउँदा हामी निकै उत्साहित छौं। यो अभियानले ग्राहकहरूलाई अझ नजिक ल्याएको छ र हाम्रो यात्रालाई थप अर्थपूर्ण बनाएको छ।’

प्रतिक्रिया