भारत-पाकिस्तान द्वन्द्वको पक्ष र विपक्षमा खुले माओवादी नेता

काठमाडौं । प्रमुख विपक्षी पार्टी नेकपा माओवादी केन्द्रका नेताहरुले भारतले पाकिस्तानमाथि गरेको सैन्य कारबाहीको पक्ष र विपक्षमा खुलेरै अभिव्यक्ति दिएका छन् ।
भारतले ‘अपरेशन सिन्दूर’ नाम दिएर मंगलबार राति पाकिस्तानका विभिन्न स्थानमा आक्रमण गरको छ । यस आक्रमणमा परी कम्तिमा ३० जना मारिएका छन् ।
भारतले यसलाई दुई साताअघि एक नेपालीसहित २६ जना भारतीय नागरिकको जम्मु कश्मिरको पहलगाम क्षेत्रमा भएको आतंकवादी हमलाको ‘जवाफी कारबाही’ बताएको छ ।
भारतकाे आक्रमणलाई माओवादी उपमहासचिव जर्नादन शर्माले समर्थन गरेका छन् । आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य भएको उनको भनाइ छ ।
‘भारतले आतंकवाद विरुद्ध ‘अपरेसन सिन्दूर’ सञ्चालन गरेको छ। आतंकवाद मानव सभ्यताको सबैभन्दा खराब कुरा हो। आतंकवाद विरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो। साथै शान्ति र स्थिरताका लागि आपसी सहकार्य गर्दै आतंकवादलाई परास्त गर्न आवश्यक छ,’ बिहिबार सामाजिकसञ्जालमा स्टाटस् लेख्दै जर्नादनले भनेका छन् ।

यस्तै पार्टीका महासचिव देव गुरुङले भारतले पाकिस्तानमाथि आक्रमण गर्नु दुखद् भएको प्रतिकृया दिएका छन् ।
सामाजिक सञ्जालमा स्टाटस् लेख्दै नेता गुरुङले पहलगामको आक्रमण कसले गरेको हो भन्नेबारे पुष्टि नहुँदै भारतले पाकिस्तानलाई आरोपित गरि आक्रमण गर्नु न्यायोचित नहुने बताएका छन् ।
नेता गुरुङले भारत र पाकिस्तानबीचको तनावले नेपाल पनि प्रभावित हुने भएकाले यस्ता कारबाही बन्द गरी दुवै मुलुककाबीच संवाद गरिनुपर्ने आवश्यकता औंल्याएका छन् । दुवै देश नेपालका छिमेकी भएकाले उनीहरुको द्वन्दबारे नेपाल मौन बस्न नमिल्ने पनि उनको भनाइ छ ।
साथै पहलगाम हत्या काण्डबारे स्वतन्त्र अन्तरराष्ट्रिय कमिसन गठन गरी छानविन गरिनुपर्ने नेता गुरुङले बताएका छन् ।
महासचिव गुरुङले लेखेका छन्
हिजो भारतले पाकिस्तानको विभिन्न क्षेत्रमा हवाई मार्फत क्षेप्यास्त्र आक्रमण गरेको छ। यो अत्यन्तै दुखद् विषय हो। भारतले आक्रमणको कारण केहि दिन अगाडि कास्मिरको पहलगाममा भएको आतंककारी आक्रमणको बदला बताएको छ।
निस्चयपनि जनसंहारकारी आतंककारी गतिविधिको विरोध गर्नैपर्छ। तर उक्त पहलगामको आक्रमण कसले गरेको हो भन्नेबारे स्वतन्त्र रुपमा पुष्टि भएको देखिँदैन। यस्तो स्थितिमा पाकिस्तानलाई आरोपित गरि आक्रमण गर्नु न्यायोचित मान्न सकिने देखिँदैन।
अतः त्यस प्रकारको सैन्य कारबाहीहरु अविलम्व बन्द गरी दुबै मुलुक विचमा संवाद गरिनुपर्छ। पहलगाम हत्या काण्डबारे स्वतन्त्र प्रकारको अन्तरराष्ट्रिय कमिसन गठन गरी छानविन गरिनु पर्छ।
भारत र पाकिस्तान दुवै नेपालको छिमेकी मित्रराष्ट्र हो। दुबै मुलुक संग नेपालको दौत्य सम्बन्ध छ। छिमेकीहरुबीचको द्वन्दबाट नेपाल प्रभावित हुन्छ। यस्तो स्थितिमा नेपालले संयुक्त राष्ट्रसंघको वडापत्र र पन्चशिलको सिद्वान्तको आधारमा नेपाल मौन बस्न मिल्दैन। नेपालले युद्व होइन, शान्तिको पक्ष लिनैपर्छ। शान्तिको लागि आफ्नो दायित्व निर्वाह गर्नै पर्दछ।
















Campaign on conservation of leasehold forest in Chitwan
वीरगञ्जका विभिन्न क्यासिनोबाट ६ जना पक्राउ
युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव
थलापति विजय तमिलनाडुको मुख्यमन्त्री
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु
मार्सल ल प्रकरणमा पूर्वप्रधानमन्त्रीको सजाय घट्यो
प्रतिक्रिया