यातायात व्यवस्था कार्यालयद्वारा ६० करोड राजस्व सङ्कलन

कैलाली। यातायात व्यवस्था कार्यालय, कैलालीले चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा ६० करोड ९० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
यातायात व्यवस्था कार्यालयका प्रमुख विनोदकुमार मालीका अनुसार सबैभन्दा बढी सवारीसाधनको करबाट ४५ करोड ७५ लाख ७३ हजार रुपैयाँ र सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्कबाट सात हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको छ ।
त्यस्तै, चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट १४ करोड १० लाख ५६ हजार रुपैयाँ, रुटपरमिट, प्रदूषण, पटके अन्य देशका सवारीबाट उठाइएको बाट ९० लाख ७८ हजार रुपैयाँ तथा व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट १२ लाख ९६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । कार्यालयको बेरुजु रकम भने शून्य रहेको तथ्याङ्कमा उल्लेख छ ।
कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ को वैशाखसम्ममा विभिन्न राजस्व शीर्षकबाट जम्मा ५६ करोड २८ लाख ९२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।
कार्यालयको चालु आर्थिक वर्षको वैशाख र अघिल्लो आर्थिक वर्षको वैशाख महिनासम्मको राजस्व सङ्कलनको तथ्याङ्कलाई तुलना गर्दा चालु आर्थिक वर्षमा चार करोड ६१ लाख रुपैयाँ बढी राजस्व सङ्कलन भएको छ ।
कार्यालयले अघिल्लो आव २०८०/८१ मा विभिन्न राजस्व शीर्षकबाट ६५ करोड ३१ लाख ६३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । चालू आवको बेरुजु रकम एक लाख १९ हजार रुपैयाँ रहेको थियो ।










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया