अमेरिकाका लियो चौधौँ २६७ औँ पोप निर्वाचित

रोबर्ट प्रेभोस्ट सेन्ट पिटरस्थित गद्दीमा बस्ने २६७औँ सर्वोच्च पादरी बनेका छन् । उनलाई अब ‘लिओ चौधौँ’ भनेर चिनिने छ। उनी पोपको भूमिका निर्वाह गर्ने प्रथम अमेरिकी बनेका छन् । यद्यपि, उनलाई ल्याटिन अमेरिकी कार्डिनलका रूपमा बढी चिनिन्छ । बिशप बन्नुअघि उनले इसाई धर्मप्रचारका क्रममा धेरै वर्ष पेरूमा रहेर सेवा गरेका थिए ।
स्वर्गीय पोप फ्रान्सिसका उत्तराधिकारीका रूपमा चुनिएपछि लियो सेन्ट पिटर्स बेसिलिकाको बाल्कोनीमा आफ्नो पहिलो सम्बोधनका लागि उपस्थित हुँदा उनलाई दशौं हजार शुभेच्छुकहरूले स्वागत गरेका छन् ।
पोप चुनिएपछि दिएको पहिलो सार्वजनिक सम्बोधनमा उनले भने, ‘समग्र पृथ्वीमा जहाँ सुकै भए पनि सबै मानिसहरूमा शान्ति कायम रहोस्।’
उनले भने, ‘हामीलाई र एक अर्कालाई, आपसमा वार्ता र छलफलको माध्यमबाट पुलहरू निर्माण गर्न सधैँ शान्ति र एकता कायम गर्न मद्दत मिलोस्।’
लियोको सम्बोधनमा दर्शकदिर्घाबाट तालीको गडगडाहतसहितको न्यानो स्वागत पाएको थियो । विशेष गरी पेरुमा दुई दशकभन्दा बढी समय बिताएका पोपले स्पेनी भाषामा बोल्दै आफ्ना पूर्ववर्ती फ्रान्सिसलाई नयाँ पोपका हैसियतमा औपचारिकरूपमा श्रद्धाञ्जली अर्पण गरेका थिए ।
‘उमेरका कारण कमजोर बनेका पोप फ्रान्सिसले रोमलाई आशीर्वाद दिएको आवाज हामीलाई अझै पनि हाम्रो कानमा गुञ्जिरहेको जस्तो लागिरहेको छ’ लियोले अर्जेन्टिनी फ्रान्सिसको मृत्युको एक दिन अघि इस्टर सन्डेको सम्बोधन (प्रार्थना)लाई सङ्केत गर्दै भने ।
उनले भने, ‘हामीले कसरी एक आत्मदेखि अर्को आत्मसम्म पुग्ने पुल निर्माण गर्ने चर्च वा मिसनरी चर्च बन्ने र समग्र विश्वको शान्तिका लागि संवाद गर्ने निर्ववादित र स्वतन्त्र बाटोको खोजी गर्नुपर्छ।’
प्रिभोस्टको निर्वाचनलाई पेरूमा हर्षोल्लासका साथ स्वागत गरिएको छ । ।संयुक्त राज्य अमेरिकाको शिकागोमा सन् १९५५ मा जन्मिएका उनले पेरूको उत्तरी शहर शिक्लायोमा बिशपका रूपमा सेवा गरेका थिए जहाँ उनलाई पेरूको नागरिकका रूपमा पनि सम्मान प्राप्त गरेका छन् ।
न्युयोर्कको सेन्ट प्याट्रिक्स क्याथेड्रलबाहिर ६६ वर्षीया रोजारिया भिगोरिटोले भने, ‘म हिँडिरहेको केही मिनेटमै आफूले उत्साह महसुस गर्न सकेकी छु। उहाँले लियो चौधौँलाई विश्वले एक सुधारकका रूपमा पाउनेछ ।’
विश्वका नेताहरूले २६७ औं पोपलाई स्वागत गर्दै भूराजनीतिक अनिश्चितताको समयमा विश्वव्यापी मुद्दाहरूमा चर्चसँग मिलेर काम गर्ने वाचा गरेका छन् ।
नयाँ पोपलाई द्वन्द्वग्रस्त विश्व मञ्चमा आफ्नो नैतिक आवाजलाई सशक्त पार्ने जिम्मेवारी रहेको छ साथै उनले विभाजित चर्चलाई एकताबद्ध गर्ने र यौन दुव्र्यवहार काण्डबाट निरन्तर पतनजस्ता ज्वलन्त मुद्दाहरूको सामना गर्ने प्रयास गर्नुपर्नेछ।
कार्डिनल प्रिभोस्टको रूपमा नयाँ पोपले गरिब र विपन्नहरूको बचाउ गरेका छन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी विरोधी नीतिहरूको आलोचना गर्ने लेखहरू अनलाइनमा पुनः पोस्ट गरेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले प्रिभोस्ट पोपको निर्वाचनबाट चुनिएकोमा स्वागत गर्दै सामाजिक सञ्जालमार्फत् एक सन्देश जारी गरेका छन् । ‘हालै पोप नियुक्त हुनुभएका कार्डिनल रोबर्ट फ्रान्सिस प्रिभोस्टलाई बधाई,’ ट्रम्पले सामाजिक सञ्जालमा जारी सन्देशमा लेखेका छन् ।










काठमाडौँ महानगरका १०७ विद्यालय खारेज गर्ने तयारी
कक्षा १२ को परीक्षा फाराम खुल्यो, आंशिकले पनि भर्न पाउने
एमाले महाधिवेशनपछि आज पहिलोपटक प्रदेश र जिल्ला कमिटीको भर्चुअल बैठक
दुई संसदीय समितिको बैठक बस्दै
गोकुल बास्कोटाको कटाक्ष : चुनाव हुँदैन भन्देै दलहरु भित्रभित्रै समानुपातिक उमेदवार नाम बटुल्दैछन्
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया