युएईका राजदूतद्वारा नोबेल ब्राण्डका सामग्रीको बिक्रीकक्षको उद्घाटन

काठमाडौँ । दुबईमा उत्पादित घरायसी विद्युतीय सामग्रीको आधिकारिक बिक्री नेपालमा सुरू भएको छ। नोबेल इलेक्ट्रोनिक्स नेपाल प्रालिले नेपालमा नोबेल ब्राण्डको औपचारिक सुरूआत गरेको हो। यो ब्राण्ड दक्षिण एसियामा पहिलोपटक नेपाल भित्रिएको कम्पनीले उल्लेख गरेको छ।
नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अब्दुल्ला सइद मुबारक जर्वान अलशाम्सीले काठमाडौँ बत्तीसपुतलीमा सुरू भएको बिक्रीकक्षको आज उद्घाटन गर्दै नेपाली उपभोक्तामाझ दुबईको घरायसी विद्युतीय सामग्री भित्रिएकामा खुसी व्यक्त गरे। उनले घरायसी इलेक्ट्रोनिक्स एप्लायन्सको गुणस्तर सुनिश्चित र उपभोक्ताको पहुँच अभिवृद्धि गर्न कम्पनीले ध्यान दिनुपर्ने खाँचो औँल्याए।
काठमाडौँमा मुख्य ‘बिक्री कक्ष’ र विराटनगरमा शाखा खोलिएको कम्पनीले जनाइएको छ। विशेषगरी मेजर एन्ड स्मल डोमेस्टिक एप्लायन्स, कन्जुमर इलेक्ट्रोनिक्स एप्लायन्स र बिल्ट–इन एप्लायन्सको उत्पादनमा परिचित छ। यो ब्राण्ड २६ भन्दा बढी देशमा विस्तार भएको छ। उपभोक्तालाई गुणस्तर र भरपर्दो सेवामा नयाँ मापदण्ड स्थापित गर्दै आएको कम्पनीको दाबी छ।
उपभोक्ताको सन्तुष्टिका लागि गुणस्तरीय र भरपर्दो सेवा दिने उद्देश्यले नोबेल ब्राण्ड नेपाल भित्र्याइएको कम्पनीका महाप्रबन्धक सञ्जिता कार्कीले बताइन्। “हामी नोबेललाई नेपालमा ल्याउन पाउँदा निकै उत्साहित छौँ, नेपाली परिवारहरूलाई उच्च गुणस्तरका होम एप्लायन्सेसमार्फत जीवनलाई सहज बनाउन चाहन्छौँ”, उनले भनिन्, “हाम्रो उत्पादनहरूले आधुनिक परिवारहरूको आवश्यकता पूरा गर्ने अत्याधुनिक प्रविधि, भरपर्दो सेवा र उचित मूल्य संयोजन गर्छ।”
यो ब्राण्डले युरो, चीन, भारत, टर्कीलगायतका विश्वका उत्कृष्ट कारखानाबाट सामग्री सङ्कलन गरेर भरपर्दो र अत्याधुनिक उत्पादनहरू बजारमा पुर्याएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। नोबेलले आफ्ना सम्पूर्ण उत्पादनहरूमा विशेष प्रारम्भिक अवसर दिएको जनाएको छ। नोबेलका रेफ्रिजेरेटर, वासिङ मेसिन, एयर कन्डिस्नर, माइक्रोवेभ, टिभी, आइरनलगायत उत्पादन रहेका छन्। सबै प्रकारका उपभोक्तालाई गुणस्तरीय सामग्री उपलब्ध गराइएको जनाइएको छ।










पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु
कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री डा परियार
एसिसी यु–१९ प्रिमियर कप खेल्ने नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
घुस रकमसहित दुई कर्मचारी पक्राउ
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया