शनिबार, वैशाख २७, २०८२

लागूऔषधसहित ७ जना पक्राउ

मेरोन्यूज २०८२ वैशाख २६ गते १९:३१

काठमाण्डौ। देशका विभिन्न स्थानहरूबाट अवैध लागूऔषधको कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।

मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम २० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

 पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-८ बस्ने ४६ वर्षीय राज तामाङ र सोही उपमहानगरपालिका-१५ बस्ने ३५ वर्षीय प्रबिन पोखरेल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय मिलिग्राम सहित सुनसरी इटहरी उपमहानगरपालिका-१२ बस्ने ३१ वर्षीय अमृत बङ्गालीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट अवैध लागूऔषध गाँजा करिब १ किलोग्राम सहित बारा जीतपुरसिमरा उपमहानगरपालिका-१४ बस्ने २५ वर्षीय अफरोज आलमलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

झापा, मेचीनगर नगरपालिका-६ बर्मेली टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय २० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१२ सरेणडाँगी बस्ने १९ वर्षीय भुमीराज राई र सोही नगरपालिका-१२ नयाँबस्ती बस्ने २२ वर्षीय इश्वर राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित सहिदभूमि गाउँपालिका-५ खोकु बस्ने ३१ वर्षीय उद्धव राईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटा हिलेबाट ईटहरीतर्फ जाँदै गरेको प्र.१-०२-००१ ज ४३२६ नम्बरको माईक्रोलाई जाँच गर्ने क्रममा माईक्रोमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया