पत्रकार झापालीको ‘हिजाब’ सार्वजनिक
मेरोन्यूज
२०८२ वैशाख २६ गते २०:२०

काठमाडौं । पत्रकार गोपाल झापालीको कथा संग्रह ‘हिजाब’ सार्वजनिक भएको छ । भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको उक्त कथा संग्रह शुक्रबार देखि बजारमा आएको हो ।
लामा तथा छोटा गरि २१ ओटा कथा संग्रहीत संग्रहको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल तथा मन्त्रालयका सचिव केशवकुमार शर्माले सार्वजनिक गरेका हुन् ।
२४२ पृष्ठको संग्रहमा अधिकांश कथाहरुमा यथार्थपरक र नेपाली समाज भित्रैकै विषयहरु समेटिएको छ । केहि कथा भने स्वैरकल्पनाका आधारमा पनि लेखिएको कथाकार झापालीले जनाएका छन् । विभिन्न कालखण्डमा लेखिएका कथा तथा लघुकथाहरु समेटेर पहिलो पटक संग्रह सार्वजनिक गरिएको उनले जनाए ।
झण्डै अढाई दशक देखि विभिन्न छापा तथा विद्युतीय माध्यममा सञ्चारकर्म गर्दै आएका झापालीका कथा, निवन्ध तथा अन्य रचनाहरु फुटकर रुपमा प्रकाशन हुँदै आएका छन् ।
सम्बन्धित
प्रतिक्रिया