रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’

तानसेन (पाल्पा) ।पाल्पा र गुल्मीको सङ्गमस्थल रुरु क्षेत्र धाममा पहिलो पटक शालिग्राम महोत्सव गरिएको छ । कालीगण्डकीमा पाइने शालिग्रामको प्रचारप्रसार गर्ने उद्देश्यले आजदेखि रुरु क्षेत्रस्थित रिडी ऋषिकेशव मन्दिरमा दुई दिने शालिग्राम महोत्सव आयोजना गरिएको हो ।
पाल्पाको तानसेन नगरपालिका, गुल्मीको रुरु क्षेत्र गाउँपालिका, स्याङ्जाको कालीगण्डकी गाउँपालिका, रुपन्देहीको पर्यटन डिभिजन कार्यालयको आयोजना तथा ऋषिकेश मन्दिर व्यवस्थापन समितिको संयुक्त आयोजनामा महोत्सव सञ्चालन भएको छ । यसका लागि लुम्बिनी प्रदेश सरकारको १० लाख सहयोग रहेको छ ।
महोत्सवको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुभारम्भ गर्नुहुँदै रुरु क्षेत्र नेपालकै चारधाममध्ये एक रहेको हुँदा ऐतिहासिक, धार्मिक र सांस्कृतिक स्थलको संरक्षण, प्रवर्द्धन तथा प्रचारप्रसारलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताए । उनले लुम्बिनी प्रदेशलाई तपोभूमिका रूपमा उल्लेख गर्दै यस्ता महोत्सवबाट धार्मिक पर्यटन प्रवर्द्धन भई प्रदेशको समृद्धिको आधार बन्न सक्ने विश्वास व्यक्त गरे ।
नेपालका चार प्रमुख धार्मिक धाममध्ये एक मानिने रुरु क्षेत्रमा शालिग्राम दिवसको अवसर पारेर आयोजना गरिएको यस महोत्सवमा धार्मिक, सांस्कृतिक तथा पर्यटन मूलक कार्यक्रम समावेश गरिएका छन् । महोत्सवमा शालिग्रामका विषयमा प्रचारप्रसार, प्रवर्द्धन, महत्वलगायतका विषयमा जानकारी दिइने ऋषिकेशव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परशुराम भट्टराईले जानकारी दिए। महोत्सवमा एक हजार आठ शालिग्रामको पुजन, बिक्री वितरण, ऋषिकेशवको रथयात्रा, झाँकी ¥यालीलगायत भजनकिर्तन, कालीगण्डकीमा सन्ध्याकालीन आरती गर्ने कार्यक्रम छ ।
हिन्दू धर्मशास्त्रमा शालिग्रामलाई भगवान् विष्णुको शिला स्वरूपका रूपमा वर्णन गरिएकाले यसको धार्मिक महत्वका साथै अनौँठो बनोटका कारण पनि शालिग्राम सबैको चासोको विषय बन्दै आएको छ । श्रीस्वस्थानी व्रतकथामा विष्णु भगवानले जालन्धर पत्नी वृन्दाको पतिव्रता धर्म नष्ट गरेर महादेवले जालन्धरको वध गरेपछि विष्णुलाई वृन्दाले दिएका चार श्रापमध्ये एक शिला हुनुपरोस् भनी श्राप दिएकीले शालिग्राम स्वरूपमा रहनुपरेको उल्लेख छ ।
शालिग्रामको धार्मिक, सांस्कृतिक तथा वैज्ञानिक महत्व भएकाले यसकोे खोजी गर्ने बर्सेनि बढ्दै गएका पाइन्छन् । सोह्रौँ शताब्दीका राजा मणिमुकुन्द सेनले कालीगण्डकीमा स्नान गर्दा भगवान ऋषिकेशवको मूर्ति फेला परेको र सोही मूर्तिलाई प्रतिस्थापन गरको भन्ने किवंदन्ती रहेको छ । कालीगण्डकीमा नुहाउन र ऋषिकेशव, गायत्रीमाता लगायत विभिन्न देवालयको दर्शन गर्न भक्तजन आउने गर्छन् ।













गोलभेँडाले उचित मूल्यपाएपछि सर्लाहीका किसान उत्साहित
देवघाटमा लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु
प्रधानन्यायाधीश राउत अस्पताल भर्ना
NC Special General Convention: Election for new leadership today
कांग्रेस महामन्त्रीमा विश्वप्रकाश र प्रदीप पौडेलले दिए उम्मेदवारी
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया