भारत र पाकिस्तान तुरुन्त युद्धविराम गर्न सहमत भएको ट्रम्पको घोषणा
मेरोन्यूज
२०८२ वैशाख २७ गते १८:४०

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान तत्काल युद्धविराम गर्न सहमत भएको बताएका छन्।
ट्रुथ सोसलमा उनले लेखेका छन्, ‘अमेरिकाको मध्यस्थतामा भएको रातभरिको वार्तापछि भारत र पाकिस्तान पूर्ण र तत्कालै युद्धविराम गर्न सहमत भएको घोषणा गर्दा म प्रसन्न छु।’
दुवै मुलुकले बुद्धिमत्ता देखएको भन्दै उनले बधाई पनि दिएका छन्। यद्यपि, यसबारे भारत र पाकिस्तानले प्रतिक्रिया दिइसकेका छैनन्।
दक्षिण एसियामा आणविक शक्ति सम्पन्न यी दुई छिमेकी चार दिनदेखि हानाहान गरिरहेका छन्। उनीहरूले युद्ध घोषणा नगरे पनि लडाइँ सघन हुन थालेको छ।
पछिल्लो अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री एस जयशंकर तथा पाकिस्तानका विदेशमन्त्री र सेनाप्रमुखसँग पनि कुरा गरेका थिए।
सम्बन्धित










आजदेखि बाघ गणना हुँदै
रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
काँग्रेसद्वारा प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
प्रतिक्रिया