आइतबार, मंसिर २८, २०८२

शिव सेना नेपालका अध्यक्ष बस्नेत पक्राउ

मेरोन्यूज २०८२ वैशाख २८ गते १९:४४

काठमाडौँ। जिल्ला प्रहरी परिसर काठमाडौँले गत चैत १५ गतेको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई पक्राउ गरेको छ ।

अध्यक्ष बस्नेतलाई काठमाडौँको सुकेधाराबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। उनले भने, “आवश्यक अनुसन्धान थालेका छौँ ।”

प्रतिक्रिया