कमल थापा पुगे लिङदेनको पार्टी कार्यालयमा, जेठ ८ वाट साँखुमा प्रदर्शन

काठमाडौं । राप्रपा केन्द्रीय कार्यालयमा राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको बैठक बसेको छ।
बैठकमा समितिका संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका पूर्व अध्यक्षद्वय पशुपति शमशेर जबरा र डा।प्रकाशचन्द्र लोहनीले आसन्न आन्दोलनको विविध पक्षमा धारणा व्यक्त गरेका छन ।
बैठकमा राष्ट्रिय शक्ति नेपालकोसमेत जबर्जस्त प्रतिनिधित्व रहेको राप्रपा प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार बैठकलेजेठ १५ गते प्रारम्भ हुने उपत्यका केन्द्रीत जनआन्दोलनमा सबै पार्टी, संस्था, अभियानका सबै संरचनाहरु परिचालन गर्ने निर्णय गरेको छ ।
‘जनआन्दोलन प्रारम्भ हुनुभन्दा केही दिनअघि उपत्यकामा प्रचारात्मक अभियान सञ्चालन गर्ने, यसको शुभारम्भ जेठ ८ गते काठमाण्डौंको साँखुबाट हुनेछ। जेठ ११ गतेसम्म सञ्चालन हुने प्रचारात्मक कार्यक्रम सबै नगरपालिकामा सयौं सभाहरु गर्दै भक्तपुरको चाँगुनारायणमा समापन हुनेछ,’ उनले भने, ‘जन आन्दोलनमा आम उपत्यकाबासीको सक्रिय सहभागीताका लागि टोल टोलमा घरदैलो, कोणसभा र जागरणका विविध गतिविधि सञ्चालन गर्ने निर्णय गरिएको छ।’
यसअघि आज बिहान सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा समितिको आयोजनामा विभिन्न ४४ वटा दल, संस्था, समूह र अभियानको संयुक्त बैठक समेत बसेको थियो ।
















राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यात्रुको सुरक्षा सुनिश्चित गर्न निर्देशन
‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’
कोलम्बियाको कोइला खानीमा भएको विस्पोटमा ९ जनाको मृत्यु ६ जनाको उद्धार
विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकता : मुख्यमन्त्री आचार्य
President issues Ordinance on Constitutional Council
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया