आज बुद्ध पुर्णिमा, सिदार्थ गौतम हिन्दु र बौद्ध दुबैका पुज्य

काठमाडौं। आज बुद्ध पुर्णिमा ।
विश्वका शान्ति दुत गौतम बुद्दको जन्म दिनको अवसर पारेर नेपालसहित विश्वभरी बिभिन्न कार्यक्रम गरी मनाइदैँछ ।
भगवान् शाक्यमुनि बुद्धको जन्म ईशापूर्व ५६६, कपिलबस्तु जिल्लामा भएको मानिन्छ । यदि सिंहली मतलाई मान्ने हो भने भगवान् बुद्धको जन्म ईशा पूर्व ५६६ भन्दा पहिले नै भएको देखिन आउँछ ।
गौतम बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम हो । उनी जन्मन साथ ७ कदम हिँडेर औलालाई हावातर्फ देखाएको भन्दै उनलाई भगवानको दुत मान्नेहरू करोडौंमा छन् ।
उनी महाआत्मा र भगवानको धर्तीमा भएको अन्तिम अवतार रहेको पनि बताउँछन् । जन्मन साथ पोखरीमा स्नान गराइएका यिनी सिद्धार्थ गौतमले नुहाएका यो पोखरीलाई सिद्धार्थ कुण्ड भनिन्छ । यसरी अलौकिक जन्म भएका राजकुमार सिद्धार्थ गौतम कि आमा मायादेवीको भने उनी जन्मेको ७ दिनमै दुःखद मृत्यु भएको थियो ।
उनले पछि भारतको बोधगयामा ज्ञान प्राप्त गरेका थिए । त्यसपछि उनले अहिंसा र शान्तिको पक्षमा विश्वलाई सन्देश दिएका थिए । जसका कारण उनलाइ करोडौं मान्छेले भगवानको रूपमा पुजा अर्चना र सम्मान गरिरहेका हुन्छन् ।
बुद्धका सबै शिक्षा र उपदेशहरूको सङ्ग्रहको मुल पुस्तकलाई ‘त्रिपिटक’ भनिन्छ । त्रिपिटकमा बुद्धका ३२ भौतिक गुणहरूको स–विस्तार वर्णन गरिएको छ भने त्यहाँ बुद्धका ८२ हजार र उनका प्रमुख शिष्यहरूका २ हजार गरी ८४ हजार ज्ञान–सूत्रहरू सङ्गृहीत रहेको छ । बुद्धको मुख्य दार्शनिक सिद्धान्त प्रतितय–समुत्पाद हो ।
गौतम बुद्धलाई हिन्दु धर्मावलम्बीहरूले भगवान् विष्णुका दश अवतारहरूमध्ये एक अवतार मान्छन् भने गौतम बुद्धलाई एसियाको तारा पनि भनिन्छ । बुद्ध नेपाल भूमिमा जन्मिएको हुँदा बुद्ध जयन्तीका अवसरमा नेपाल सरकारले बर्सेनि सार्वजनिक बिदा दिँदै आएको छ । आज पनि देशमा सार्बजनिक बिदा रहेको छ ।









सिकारीको बन्दुक पड्किँदा…
महबाटै करोडको कारोबार गर्छन् विनोद हमाल
राजनीतिसँगै कृषि उत्पादनको व्यापारमा नेतृ दुर्गा राई
चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
प्रतिक्रिया