भोजपुरी स्टार पवन सिंहले ल्याए नयाँ गीत ‘सिन्दूर’
मेरोन्यूज
२०८२ वैशाख २९ गते १४:१२

भोजपुरी स्टार पवन सिंहले नयाँ गीत ‘सिन्दूर’ल्याएका छन्। यो गीत ‘अपरेशन सिन्दूर’ मा भारतीय सेनाले देखाएको बहादुरीप्रति समर्पित छ।
जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि पाकिस्तान अधिनस्थ कश्मीर (POK) मा भारतीय सेनाले गरेको सटीक बदलाको कारबाहीको रूपमा अपरेशन सिन्दूर सञ्चालन गरिएको थियो। यस घटनाबाट प्रेरित भएर पवन सिंहले यस गीत मार्फत देश र सेनाप्रतिको आफ्नो भावना व्यक्त गरेका छन्।
गीतमा पवन सिंहले निकै भावुक शब्दमा पाकिस्तानको कारबाहीको निन्दा गरेका छन्।
गीतमा उनले यो पाकिस्तानले सुरु गरेको र अब प्रधानमन्त्री मोदीले यसलाई अन्त्य गर्नुपर्ने बताएका छन्। यो गीत पवन सिंहको आधिकारिक युट्युब च्यानलमा रिलिज गरिएको छ।
सम्बन्धित
















विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया