भारत-पाकिस्तानबारे प्रधानमन्त्री– अलिकति हात हालाहाल भएको थियो, हामीले पनि लडाइँमा नजान भन्यौँ
मेरोन्यूज
२०८२ वैशाख २९ गते १४:३६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले सुरुवातदेखि भारत र पाकिस्तानलाई लडाइँ विस्तार नगर्न आफुहरुले आग्रह गरेको बताएका छन् । सोमबार २५६९औँ जन्मजयन्तीका अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रममा ओलीले कुरा गर्दा लडाइँमा नजाने प्रतिबद्धता व्यक्त गरेको जिकिर गरे ।
“हाम्रै छिमेकमा झन्डैझन्डै भारत र पाकिस्तानको अलिकति हात हालाहाल त भएको थियो । तर, हात हालाहाल बढ्न पाएन । संयमका लागि उहाँहरूलाई धन्यवाद छ । हामीले सुरुदेखि भन्यौँ, विस्तार हुन नपाओस् है यो,” उनले भने, “यो हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्ने हामीले कामना गर्यौँ ।”
ओलीले अझै पनि खचपचको अवस्था भने कायमै रहेको बताए । “उहाँहरूसँग पनि कुरा गर्यौँ, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । फेरि पनि आरोपप्रत्यारोपको अवस्था छ,” उनले भने ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया