गौतम बुद्ध शान्ति र अहिंसाका लागि विश्वकै प्रेरणा : मुख्यमन्त्री कँडेल

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गौतम बुद्ध शान्ति र अहिंसाका लागि विश्वकै प्रेरणाका स्रोत भएको बताएका छन्।
बुद्ध जन्मजयन्तीको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कँडलले स्वदेश तथा विदेशमा रहेका बौद्ध धर्मावलम्बी, शान्ति र अहिंसाप्रेमी सम्पूर्णमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका हुन्।
उनले भने,‘गौतमबुद्धले प्रतिपादन गर्नुभएको अहिंसा र शान्तिको सन्देशले व्यक्ति परिवार, समाज, देश, विश्वको सर्वोत्तम हित र प्रगतिका लागि सदैव प्रेरणा दिने मैले विश्वास लिएको छु।’
मुख्यमन्त्री कँडेलले शान्तिदूत गौतमबुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकता सुदृढीकरणमा सहयोग पुग्ने बताएका छन्।
बुद्धको अहिंसात्मक शान्ति सन्देश तथा उपदेशको स्मरण गर्दै उनले एकता, सहिष्णुता, सद्भाव, अहिंसा र शान्तिको महान् अभियानमा लाग्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया