टर्कीको चार दशक लामो विद्रोह अन्त्य

इस्तानबुल । कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके)ले सोमबार आफ्नो विघटनको घोषणा गर्दै टर्की राज्यविरुद्धको सशस्त्र संघर्ष अन्त्य गरेको घोषणा गरेको छ । उक्त घोषणासँगै टर्कीमा चार दशकयता चल्दै आएको घातक विद्रोहमा विराम लागेको छ ।
सन् १९७० को दशकको उत्तरार्द्धमा अब्दुल्लाह ओकलानद्वारा स्थापित पिकेकेले सन् १९८४ मा हतियार उठाएर टर्की राज्यविरुद्ध आक्रमणको शृंखला सुरु गरेको थियो । यस विद्रोहमा ४० हजारभन्दा बढीको ज्यान गएको थियो ।
“१२औँ पिकेके कांग्रेसले पिकेकेको संगठनात्मक संरचना विघटन गर्ने र यसको सशस्त्र संघर्षको विधि अन्त्य गर्ने निर्णय गरेको छ,” कुर्द–समर्थक एएनएफ समाचार एजेन्सीद्वारा प्रकाशित वक्तव्यमा उल्लेख छ ।
राष्ट्रपति रेसेप तैयप एर्दोगानको एकेपी पार्टीले यस कदमलाई ‘महत्त्वपूर्ण कदम’का रूपमा स्वागत गरेको छ, तर सरकारले भने यस प्रक्रियालाई ‘सावधानीपूर्वक निगरानी’ गर्ने चेतावनी दिएको छ ।
इस्तानबुलको इम्राली जेल टापुमा बन्दी अवस्थामा रहेका ओकलानले फेब्रुअरी २७ मा आफ्ना लडाकुलाई एक लेखेर निःशस्त्रीकरण र विघटन गर्न आग्रह गरेका थिए । उनको आग्रहपछि यो ऐतिहासिक घोषणा आएको हो । उनी सन् १९९९ देखि उक्त जेलमा बन्दी छन् ।
उनले पिकेकेलाई निर्णयलाई औपचारिक रूप दिन एक सम्मेलन आयोजना गर्न पनि अनुरोध गरेका थिए । पिकेकेले गत हप्ता इराकको कान्डिल पहाडमा युद्धविराम घोषणा गर्दा उक्त सम्मेलन गरेको थियो ।
त्यहाँ यसका नेताले ‘पिकेकेका गतिविधिसम्बन्धी ऐतिहासिक महत्त्वका निर्णय’ गरेको एएनएफले शुक्रबार रिपोर्ट गरेको थियो ।
“यो अन्त्य होइन, यो नयाँ सुरुआत हो,” पिकेकेका कार्यकारी समितिका सदस्य दुरान कल्कनले प्रतिनिधिहरूलाई भने ।
एकेपीका प्रवक्ता ओमर सेलिकले यो निर्णय ‘व्यवहारमा लागु गरियो र यसका सबै आयाममा साकार भयो भने’ यसले नयाँ युगको ढोका खोल्ने दाबी गरे ।
“इम्रालीको आह्वानपछि पिकेकेको आफैँलाई विघटन गर्ने र हतियार त्याग्ने निर्णय आतंकमुक्त टर्कीतर्फको महत्त्वपूर्ण कदम हो,” सेलिकले भने, “विघटन र हतियार समर्पण गर्ने निर्णयको पूर्ण र ठोस कार्यान्वयन… एक महत्त्वपूर्ण मोड हुनेछ ।”
अंकारा, वासिङ्टन र ब्रसेल्सले ‘आतंकवादी समूह’ घोषणा गरेको पिकेकेले सन् १९८४ देखि टर्की राज्यविरुद्ध विद्रोह गर्दै आएको छ ।
यसको मूल उद्देश्य कुर्दहरूका लागि मातृभूमि बनाउनु थियो । कुर्दहरूले टर्कीको आठ करोड ५० लाख जनसंख्याको लगभग २० प्रतिशत ओगट्छन् ।
















युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया