बंगलादेशमा आँधी र चट्याङका कारण १४ जनाको मृत्यु

ढाका । बंगलादेशमा आँधी र चट्याङका कारण १४ जनाको मृत्यु भएको छ । आइतबार बंगलादेशका विभिन्न क्षेत्रमा आएको आँधी र परेको चट्याङका कारण उनीहरूले ज्यान गुमाएका हुन् ।
स्थानीय स्रोतका अनुसार आइतबार दिउँसो किसानहरू खेतमा काम गरिरहेका बेला आएको आँधी आएको थियो । ढाकाबाट करिब १२२ किलोमिटर उत्तरमा रहेको मिमेन्सिंह जिल्लामा रुख ढलेर दुईजनाको मृत्यु भएको जनाइएको छ ।
ब्राह्मणबाडिया जिल्लामा पाँचजना, किशोरगन्ज जिल्लामा चारजना र शेरपुर, हबिगन्ज तथा नाओगाँ जिल्लामा एक–एकजनाको मृत्यु भएको छ ।
बंगलादेशमा यस्तो समयमा चट्याङ लागेर मानिसको मृत्यु हुँदै आएको छ । यस वर्षको अप्रिल २४ मा पनि दुई घण्टाभित्र नौजनाको चट्याङका कारण मृत्यु भएको थियो ।
विगत केही वर्षयता बंगलादेशमा चट्याङ लागेर हुने मृत्युको संख्या तीव्र रूपमा बढ्दै गएको छ । विज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण बंगलादेशयस्ता प्राकृतिक विपत्तिका निम्ति अझ बढी संवेदनशील बनेको छ ।










निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
प्रतिक्रिया