बंगलादेशमा आँधी र चट्याङका कारण १४ जनाको मृत्यु

ढाका । बंगलादेशमा आँधी र चट्याङका कारण १४ जनाको मृत्यु भएको छ । आइतबार बंगलादेशका विभिन्न क्षेत्रमा आएको आँधी र परेको चट्याङका कारण उनीहरूले ज्यान गुमाएका हुन् ।
स्थानीय स्रोतका अनुसार आइतबार दिउँसो किसानहरू खेतमा काम गरिरहेका बेला आएको आँधी आएको थियो । ढाकाबाट करिब १२२ किलोमिटर उत्तरमा रहेको मिमेन्सिंह जिल्लामा रुख ढलेर दुईजनाको मृत्यु भएको जनाइएको छ ।
ब्राह्मणबाडिया जिल्लामा पाँचजना, किशोरगन्ज जिल्लामा चारजना र शेरपुर, हबिगन्ज तथा नाओगाँ जिल्लामा एक–एकजनाको मृत्यु भएको छ ।
बंगलादेशमा यस्तो समयमा चट्याङ लागेर मानिसको मृत्यु हुँदै आएको छ । यस वर्षको अप्रिल २४ मा पनि दुई घण्टाभित्र नौजनाको चट्याङका कारण मृत्यु भएको थियो ।
विगत केही वर्षयता बंगलादेशमा चट्याङ लागेर हुने मृत्युको संख्या तीव्र रूपमा बढ्दै गएको छ । विज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण बंगलादेशयस्ता प्राकृतिक विपत्तिका निम्ति अझ बढी संवेदनशील बनेको छ ।
















महिला टी–२० च्यालेन्ज ट्रफी : नेपालसँग रुवान्डा पराजित
२६ घरविहीन परिवारले पाए नयाँ घर
दीपक भट्ट र सुलभ अग्रवाललाई ७ दिन म्याद थप
नेपाल ‘ए’ ओमानसँग पराजित
नागर्जुन र ज्ञानसंस्कारलाई उपाधि
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
प्रतिक्रिया