शुक्रबार, वैशाख १८, २०८३

‘गृहमन्त्रीको साथी हुँ’ भन्दै धम्की दिने व्यक्ति पक्राउ

मेरोन्यूज २०८२ वैशाख ३० गते १४:३७

काठमाडौं। गृहमन्त्रीको साथी हुँ भन्दै धाक धम्की दिएको अभियोगमा एकजना पक्राउ परेका छन् ।

Advertisement
NiccNicc

काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–३ घर भएका ५० वर्षीय राजकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । 

आफू गृहमन्त्रीको साथी हुँ भनि विभिन्न कार्यालयका राष्ट्रसेवक कर्मचारीहरूलाई टेलिफोन मार्फत गाली गलौच, डरत्रास तथा धाक धम्की दिई दैनिक काम काजमा समेत बाधा अवरोध गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–८ तीनदोबाटोबाट पक्राउ गरेको हो । 

उनलाई राष्ट्रसेवक कर्मचारीलाई काम काजमा बाधा बिरोध गर्न नहुने कसूरमा थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

प्रतिक्रिया