मिश्र र प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
मेरोन्यूज
२०८२ वैशाख ३० गते १८:५६

काठमाडौं। काठमाडौं जिल्ला अदालतले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
जिल्ला न्यायाधीश खेमराज भट्टको इजलासले ४७ दिन हिरासतमा बसिसकेका मिश्रलाई अझै ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। मिश्रको परिवारले आजमात्रै गैरकानूनी थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेको छ ।
गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा अराजक गतिविधि गरेको भन्दै उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । राजावादी समूहले गरेको उक्त अराजक प्रदर्शनमा एक पत्रकार सहति दुई जनाले ज्यान गुमाएका थिए ।
प्रदर्शनको नेतृत्वकर्ताहरू मिश्र, दुर्गा प्रसाईं, उसका सहयोगीहरू र शिव सेनाका अध्यक्ष अनिल बस्नेतसहितलाई राज्यविरुद्धको कसुरमा प्रहरीले अनुसन्धान गरिराखेको छ।
सम्बन्धित
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया