त्रिशुली नदिमा नुहाउने क्रममा बेपत्ता दुई बालिकाको खोजीकार्य शुरु
मेरोन्यूज
२०८२ वैशाख ३० गते २१:१५

काठमाडौं । त्रिशुली नदिमा नुहाउने क्रममा बेपत्ता भएका दुई बालबालिकाको खोजीकार्यको लागि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन भएको छ ।
नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–७ कचौडे भिर स्थित त्रिशुली नदिमा नुहाउने क्रममा ११ वर्षिय जेनी डंगोल र ११ वर्षिय सदिक्षा राई बैशाख ३० गते साँझ बेपत्ता भएको बताईएको छ ।
सो लगत्तै उनीहरुको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नं. १९ गुल्म नुवाकोटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक बिरबहादुर तामाङ्गको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन भएको छ ।
सम्बन्धित
प्रतिक्रिया