रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश
मेरोन्यूज
२०८२ वैशाख ३१ गते १४:३७

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रको तर्फबाट दायर बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले मिश्रसहित अनुसन्धानको मिसिल पेस गर्न आदेश दिएको छ ।
बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले ‘कारण देखाऊ’ आदेश जारी गर्दै मिश्रलाई आउँदो शुक्रबार अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।
गत १५ चैतमा काठमाडौंको तीनकुनेमा राजावादी समूहद्वारा आयोजित प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले मिश्रसहित दुर्गा प्रसाईंलगायतलाई पक्राउ गरेको थियो ।
मिश्रमाथि राज्यद्रोह, सङ्गठित अपराध र आपराधिक उपद्रवसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
सम्बन्धित
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
आज माघ १० गते शनिबार,कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
प्रतिक्रिया