सेयर बजारमा लगातार चौथो दिन गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो चार कारोबार दिन लगातार गिरावट देखिएको छ । निरन्तर घटिरहेको नेप्से परिसूचक आज १३ दशमलव ९६ अंकले घटेर दुई हजार ६२० दशमलव २७ को विन्दुमा कायम भएको हो ।
आज तीन सय १५ कम्पनीको एक करोड ८४ लाख ९६ हजार १३८ कित्ता शेयर एक लाख १२ हजार ५७७ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ७३ करोड ६५ लाख ७० हजार ५०५ बराबरको कारोबार भएको हो ।
विकास बैंक समूह एक दशमलव १९ र अन्य समूह दुई दशमलव ४६ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । आजको कारोबारमा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी नौ दशमलव ९८ प्रतिशतले बढेको छ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी राधी विद्युत् कम्पनी लिमिटेडको रु ५९ करोड ३२ लाख ९५ हजार आठ सय १६ बराबरको शेयर किनबेच भएको छ ।
त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको १२ लाख ९४ हजार चार सय ७१ कित्ता खरिदबिक्री भएको छ ।














भाषा आयोगका सदस्य सुरेश मानन्धरको निधन
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
प्रतिक्रिया