सगरमाथा संवादका लागि प्रधानमन्त्रीलाई लिखित सुझाव

काठमाडौं। सगरमाथा संवादका लागि मदन भण्डारी फाउण्डेशनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित सुझाव बुझाएको छ।
यही वैशाख २७ गते मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको अन्तरक्रियाका सहभागी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, पर्यावरण, अन्तरराष्ट्रिय सम्बन्धका विज्ञ एवं अभियन्ताका विचार समेटेर सुझावका रूपमा प्रधानमन्त्रीलाई बुझाएको फाण्डेशनकी अध्यक्ष उषा किरण भण्डारीले बताइन्।
सुझावमा नेपालले क्षेत्रीय र अन्तराष्ट्रिय सम्बन्ध र विश्व व्यवस्थामा आफ्नो धारणालाई अन्तरराष्ट्रियकरण गर्न निरन्तर कूटनीति शृङ्खलाको रूपमा संवाद गर्नुपर्ने, जलवायु परिवर्तन र विश्व व्यवस्थाका सन्दर्भमा भू–राजनीतिक, अर्थ राजनीतिको सानो घेरामा सीमित नगरी बृहत बनाउनुपर्ने उल्लेख छ।
संवादबाट जलवायु परिवर्तनको प्रभाव परेका हिन्दूकुश क्षेत्रलाई सम्बोधन गर्न ‘हिमालय ग्रिन क्लाइमेट फन्ड’ स्थापना गरी यसलाई क्षेत्रीय पर्यावरण कोशको रूपमा विकास र सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ।
विश्वविद्यालयले यस क्षेत्रमा संस्थागत र मानवस्रोतको विकास तथा ज्ञानको प्रसारको अगुवाइ गरी राज्यका निकायले नेतृत्व गर्न आवश्यक रहेको सुझाव पत्रमा उल्लेख छ।










ओलीलाई शुभकामना दिँदै विद्या भण्डारीले भनिन् – पार्टी एकतालाई सुदृढ बनाउने विश्वास लिएको छु
एमालेले महाधिवेशन गरेकाे भृकुटीमण्डपमै प्रचण्ड नेतृत्व नेकपाले आज सभा गर्दै
तरकारीको आजको मूल्य : आलुको मूल्य सस्तियो
राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया