सगरमाथा संवादका लागि प्रधानमन्त्रीलाई लिखित सुझाव

काठमाडौं। सगरमाथा संवादका लागि मदन भण्डारी फाउण्डेशनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित सुझाव बुझाएको छ।
यही वैशाख २७ गते मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको अन्तरक्रियाका सहभागी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, पर्यावरण, अन्तरराष्ट्रिय सम्बन्धका विज्ञ एवं अभियन्ताका विचार समेटेर सुझावका रूपमा प्रधानमन्त्रीलाई बुझाएको फाण्डेशनकी अध्यक्ष उषा किरण भण्डारीले बताइन्।
सुझावमा नेपालले क्षेत्रीय र अन्तराष्ट्रिय सम्बन्ध र विश्व व्यवस्थामा आफ्नो धारणालाई अन्तरराष्ट्रियकरण गर्न निरन्तर कूटनीति शृङ्खलाको रूपमा संवाद गर्नुपर्ने, जलवायु परिवर्तन र विश्व व्यवस्थाका सन्दर्भमा भू–राजनीतिक, अर्थ राजनीतिको सानो घेरामा सीमित नगरी बृहत बनाउनुपर्ने उल्लेख छ।
संवादबाट जलवायु परिवर्तनको प्रभाव परेका हिन्दूकुश क्षेत्रलाई सम्बोधन गर्न ‘हिमालय ग्रिन क्लाइमेट फन्ड’ स्थापना गरी यसलाई क्षेत्रीय पर्यावरण कोशको रूपमा विकास र सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ।
विश्वविद्यालयले यस क्षेत्रमा संस्थागत र मानवस्रोतको विकास तथा ज्ञानको प्रसारको अगुवाइ गरी राज्यका निकायले नेतृत्व गर्न आवश्यक रहेको सुझाव पत्रमा उल्लेख छ।
















राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यात्रुको सुरक्षा सुनिश्चित गर्न निर्देशन
‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’
कोलम्बियाको कोइला खानीमा भएको विस्पोटमा ९ जनाको मृत्यु ६ जनाको उद्धार
विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकता : मुख्यमन्त्री आचार्य
President issues Ordinance on Constitutional Council
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया