उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली

टक्सार (भोजपुर)। वैशाख शुक्ल पूर्णिमासँगै किरात समुदायमा उभौली पर्वको रौनक सुरु भएको छ । उभौलीमा किरात समुदायले प्रकृतिको पूजागरी अन्नबाली राम्रो होस्, रोग व्याधी नलागोस् जस्ता कामना गर्ने गर्छन् । साथै एक महिनासम्म साकेला सिली ाच्ने गरिन्छ । यहाँका विभिन्न टोलटोलमा साकेला सिली सुरु भएको छ ।
आगामी जेठ १० गतेसम्म सिली प्रदर्शन गरिने किरात राई यायोक्खा भोजपुरका कार्यवाहक अध्यक्ष विदुर राईले जानकारी दिनुभयो । भाषा, संस्कार र संस्कृतिले आआफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने अध्यक्ष राईको भनाइ छ । किरात बस्तीहरू केही दिनयता ढोल, झ्याम्टाले गुञ्जायमान बनेका छन् ।
भोजपुरसँगै खोटाङ, उदयपुर, सुनसरी, ओखलढुङ्गा, धनकुटामालगायतका पहाडी जिल्लाहरुमा पनि उभौली धुमधामले मनाउने गरिन्छ । साकेला सिलीमा जातीय पहिचान झल्किने पहिरन लगाउने गरिन्छ । पुरुषहरुले कालो कोट, खाँडीको कपडा, अल्लोको धागोबाट बनेको दौरा–सुरुवाल, टोपी, पटुका, बिनायो, मुर्चुङ्गा, बुकिफूल, कम्मरमा खुकुरी, हातमा चौरीको पुच्छरलगायत सिन्कौलीको सेउली हल्लाउँदै, ढोल, झ्याम्टा बजाएर नाच्ने गर्छन् ।
त्यसैगरी महिला चौबन्दी चोलो, फरिया, पटुका, बिनायो, मुर्चुङ्गा, बुकिफूल र कम्मरमा हँसियासहित परम्परागत गरगहनाले सजिएर नाच्ने गर्दछन् । हिजोआज किरात समुदाय मात्र नभई अन्य समुदायका युवाहरुलेसमेत साकेलामा सहभागी भई नाच्न थालेका छन् ।
















रोकिएको किसान सूचीकरण पुनः सुरु
यस्तो छ आको विदेशी मुद्राको विनिमयदर
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
प्रधानमन्त्री बालेनले आज संसदमा महिला आयोगको प्रतिवेदन पेस गर्दै
आजको मौसम : कतै वर्षा, कतै हुरी !
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
प्रतिक्रिया