माँ भाटभटेनी संस्थाद्वारा महिलालाई बेकरी तालिम

काठमाडाैं । माँ भाटभटेनी संस्थाले आयोजना गरेको एक महिनाको बेकरी तालिम कार्यक्रम आज धुम्बाराहीस्थित एस आर ब्याङ्क्युटमा सम्पन्न भएको छ। चैत्र २९ गतेदेखि सुरु भएको तालिममा ३० जना महिलाहरूले सहभागिता जनाएका थिए। तालिमको मुख्य उद्देश्य महिला सशक्तिकरण र आत्मनिर्भरता विकास रहेको थियो।
संस्थाले सन् २०७२ देखि विभिन्न सामाजिक कामहरू गर्दै आएको छ भने २०७८ सालबाट औपचारिक रूपमा स्थापना भएको हो।” “महिलाले अवसर पाए असम्भव केही हुँदैन ” भन्ने सन्देश दिन यो संस्था स्थापना गरिएको कार्यक्रमका सभापति तथा संस्थाकी अध्यक्ष मधु कुमारी श्रेष्ठले बताएकी छन् । उनले भने “महिलाहरू केवल घरभित्र सीमित हुनु हुँदैन, सीपको माध्यमबाट उनीहरूले आफ्नै पहिचान बनाउन सक्छन्।
तालिममा सहभागीहरूले फ्रुट केक, जन्मदिनको केक तथा विभिन्न प्रकारका पेस्ट्री, ब्राउन ब्रेड, सेतो ब्रेड ,क्रोइसन्ट ,ड्यानिश ,डोनट ,नरिवल कुकीज ,मफिन, ब्राउनी ,मल्टिग्रेन ब्रेड ,अखरोट कुकीज ,नरिवल सुक्खा केक, बर्गर बन, दालचिनी रोल तथा अन्य सजावटी १६ प्रकारका बेकरी सामग्रीहरू बनाउन सिकेका थिए ।
समापन समारोहमा प्रमुख अतिथिको रूपमा बाग्मती प्रदेश सभा सदस्य राजेन्द्र प्रजापति सहभागी थिए। विशिष्ट अतिथिहरूमा सामाजिक विकास कार्यालयका प्रमुख नवराज नेपाल, बाग्मती प्रदेश अर्थ विकास समितिका सभापति नुरज बज्राचार्य, प्रमुख सचेतक माननीय कुमारी स्याङ्तान , माननीय आशा लामा, जेष्ठ नागरिक बेख बहादुर कार्की, समाजसेवी तेज बहादुर गुरुङ, धोबिखोला करिडोर प्रभावितका उपाध्यक्ष टेक बहादुर लामा लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा आगामी तालिमहरूका लागि समेत योजना सार्वजनिक गरिएको छ। साबुन बनाउने तालिम जेठ ५ गतेदेखि सुरु हुने र अचार बनाउने २२ दिने तालिम जेठ १ गतेदेखि सञ्चालनमा आउने संस्थाकी सचिव सबिना प्रजापति ले जानकारी दिइन्। साथै, उद्घोषक तालिम जेठ ८ गतेबाट सुरु हुने पनि जानकारी दिइन् ।
कार्यक्रमको उद्देश्य महिलाहरूलाई आत्मनिर्भर बनाउनु, सीप विकास गराउनु र महिलालाई आफ्नो नामबाट पहिचान बनाउन सक्ने बनाउनु रहेको आयोजक संस्थाकी सचिव सबिना प्रजापतिले बताएकी छन् । कार्यक्रमले महिला सशक्तिकरणतर्फ नयाँ आयाम थपेको सहभागिहरूको प्रतिक्रिया थियो।
















गगन उम्मेदवार रहेकाे सर्लाही-४काे मतगणना सुरु
नेमकिपाकाे गढ भक्तपुर-१मा रास्वपाकाे धावा
रास्वपाको खाता खुल्यो, काठमाडौं–१मा रञ्जु दर्शना विजयी
धादिङ-१ मा रास्वपाकी आशिका तामाङको अग्रता
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी
प्रतिक्रिया