धादिङको उत्तरी क्षेत्रमा राधे समूहको आतंक : अस्पतालमै युवामाथि खुकुरी प्रहार

धादिङ । गुण्डागर्दी, हप्ता असुली र अपराधमा चर्चित नाम हो, राधाकृष्ण भण्डारी उर्फ राधे ।
कुनै समय दिनेश अधिकारी चरिलाई गोली प्रहार गरेको घटनामा जेल समेत बसेर आएका राधे हिजो आज काठमाडौं आउँदैनन् । उनी धादिङमै गुण्डागर्दी मार्फत ठेक्का पट्टा हत्याउने व्यावसायमा छन् ।
जेल भित्रै रहेका समिरमान बस्नेतसँग केही महिनाअघि खटपट भएपनि जेलभित्रैबाट १० लाख रुपैयाँ पठाइ दिएपछि राधेले बाहिरबाट समिरमानको धन्दा समेत सम्हालिरहेका छन् । उनै राधे समुहले धादिङको निकै दूर्गममानिने उत्तरी क्षेत्रमा समेत सक्रियता बढाएको छ ।
राधे समुहका गुण्डा नाइके राम अकिलसिंह गुरुङसहितका व्यक्तिले गत वैशाख २६ गते अशोक समुहमा रहेका विवस तामाङ र अशोक तामाङका छोरामाथि खुकुरी प्रहार गरेको छ । यसअघि कर्तव्य ज्यान मुद्दामा समेत कैद सजाय भागेर बाहिर आएका अमर तामाङ, झ्याप्ले भन्ने अमर तामाङ, राम अकिल सिंह गुरुङ, सौजल गुरुङ र प्रविन कटुवालको समुहले खुकरी प्रहार गरेको स्थानियले बताएका छन् ।
सुत्केरी महिलालाई उपचारका लागि खनियावास गाउँपालिका ४ दार्खास्थित स्वास्थ्यचौकीमा पुगेका दुई युवामाथि खुकुरी प्रहार भएको घटना सार्वजनिक भएको छ । खुकुरी प्रहारबाट विवस तामाङ गम्भिर घाइते भएको पाइएको छ । स्राेतका अनुसार गत वैशाख २६ गते राती ११ बजेर ३५ मिनेटजाँदा विवसमाथि खुकुरी प्रहार भएको हो ।
घटनाबारे प्रतिक्रियाका लागि जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी सुवास हमाललाई प्रतिक्रिया माग्दा जाहेरी आएको स्विकार गरे । घाइते तामाङको उपचारका लागि धादिङ हुँदै काठमाडौं ल्याइउको छ । काठमाडौंमा सिटिस्क्यान र एमआरआई गरिएको रिपोर्टमा देखिन्छ ।
घटनापछि पीडित परिवारले अभियुक्तहरुविरुद्ध किटानी जाहेरी समेत दिएपनि प्रहरीले त्यसलाई गम्भिरतापूर्वक अनुसन्धान नगरी पक्राउ नगरेको पीडित परिवारको गुनासो छ । यद्धपी डिएसपी हमाल भने आफूहरुले अनुसन्धान गरिरहेको र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनका लागि प्रहरी निरिक्षकको नेतृत्वमा कमाण्ड नै पठाउने तयारी रहेको बताए । राधे समुहमा रहेका राम अकिल सिंह र झ्याप्ले भनिने अमर तामाङ खुंखार अपराधमा संलग्न छन् ।
२०६९ मंसिर १८ गते भिषण सिंखडासहितको समुहमा रहेका यो घटनामा समेत फरार रहेका अमर लामा समेतका व्यक्तिहरुले स्थानिय विजय तामाङको हत्या गरेका थिए । विजय समर्थित समुहले घटना भएको १२ घण्टा नबित्दै भिषण सिंखडाको अपहरणपछि हत्या गरेको थियो । यो घटना सार्वजनिक भएपछि धादिङको खनियाबासमा हत्याको बदला हत्याले लिने गरेको तथ्य बाहिर आएको थियो ।
भिषण हत्यापछि फरार रहेको समुहले नै सत्यदेवी गाविस ३ स्थित गंगालाल तामाङको हत्या गरेका थिए । २०६७ कार्तिक १ गते दार्खाकै स्थानिय एमाले नेता शिव थापाको हत्या भएको थियो । प्रहरीले घटनालाई समयमै अनुसन्धान गरी कारबाही गर्न नसक्दा यो क्षेत्रमा अपराधको घटना बढ्दो छ ।
















‘स्वास्थ्य चुनौती सम्बोधन गर्न सरोकारवालाबीच सहकार्य अपरिहार्य’:स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मेहता
धनगढीस्थित फाप्ला क्रिकेट मैदान निर्माण हुन्छ : मन्त्री पोखरेल
Tikapur Municipality launches training targeting to raise awareness on snake
ट्रम्पले कडा चेतावनी दिँदा पनि इरान अडिग
Two arrested after firing shots in Pingalasthan
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
प्रतिक्रिया