इन्डोनेसियामा सेरेस थ्रीले जित्यो तीनवटा उत्कृष्ट ईभी अवार्ड

काठमाडौं । सेरेस ब्रान्ड होल्ड गर्ने पीटी सोकोनइन्डो अटोमोबाइलले सन् २०२५ को पेरिकलिन्डो इलेक्ट्रिक भेहिकल शो (PEVS) मा आफूले हासिल गरेका गौरवपूर्ण उपलब्धिहरू सार्वजनिक गरेको छ।
अप्रिल २९ देखि सुरु भएर मे ४ मा सम्पन्न भएको इन्डोनेसियाको सबैभन्दा ठूलो ईभी प्रदर्शनी “ईभी ल्याण्ड एक्जिबिसन” मा सोकोनइन्डोले ‘सेरेस थ्री’का लागि फेवरेट कार लन्च, ‘सेरेस ईवान’का लागि मोस्ट अफोर्डेबल ईभी कार र ‘डीएफएसके गेलोरा ई’का लागि फेवरेट कमर्सियल भेहिकल गरी एकै पटकमा तीनवटा अवार्ड जित्न सफल भएको हो।
यस सफलताले कम्पनीको इन्डोनेसियामा ईभी इकोसिस्टम बलियो बनाउने प्रतिबद्धता प्रमाणित गरेको छ।
प्रदर्शनीमा विभिन्न ईभी मोडेलहरू प्रदर्शित गरिए पनि नयाँ जमानाका प्रोफेसनलहरूको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको ब्याट्रीमा आधारित एसयुभी (BEV) सेरेस थ्रीले विशेष ध्यान खिचेको थियो।
प्रि-बुकिङ प्रणाली मार्फत सेरेस थ्रीको अन ड रोड (OTR) बुकिंग मूल्य जाकार्ता क्षेत्र (Jabodetabek) भित्र Rp370 र 398 मिलियनको बीचमा उपलब्ध गराइएको थियो। प्रदर्शनी अवधिभर कुल ७८२ वटा गाडी बुकिङ (SPK) हुँदा सेरेस थ्री एक्लैले नै ३०५ युनिट बुकिङ प्राप्त गरेको थियो। यसले हाई-स्पेसिफिकेसन भएका ईभी गाडीहरूमा उपभोक्ताको ठूलो चासो रहेको स्पष्ट देखाउँछ।
सेरेस थ्री: रिमोट पावर्ड एसयुभी
५४ किलोवाट आवरको शक्तिशाली ब्याट्रीले सुसज्जित सेरेस थ्रीले ४१२ किलोमिटर (NEDC) दूरी तय गर्न सक्छ। गाडीको आधुनिक इन्टेरियर र लेटेस्ट सुरक्षा फिचरहरूका विशेषताहरूले सेरेस थ्रीलाई प्रोफेसनल मोबिलिटीको लागि आदर्श विकल्प बनाएको छ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया