दासढुंगामा मदन-आश्रित स्मृतिसभा

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितप्रति श्रद्धाञ्जली दिन आज दासढुंगामा स्मृतिसभा सम्पन्न भएको छ ।
एमाले चितवनको आयोजना र मदन भण्डारी फाउण्डेशन चितवनको संयोजनमा भएको सभामा नेता कार्यकर्ताले नेता द्वयको शालिकमा माल्यार्पण गर्नुका साथै शब्दद्वारा श्रद्धा सुमन व्यक्त गरेका थिए । दासढुंगा मदन-आश्रितको जिप त्रिशूलीमा खसेको स्थल हो ।
सो अवसरमा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले मदन भण्डारीमा वैचारिक क्षमता अद्भुत रहेको चर्चा गर्दै उनीमा जुनसुकै कुरा बुझाउन सक्ने क्षमता रहेको बताए । मदन र आश्रितको परिवारले धेरै ठूलो त्याग गरेको बताउँदै उनले भने, “हामीले एक दिन दासढुंगामा आएर फूल चढाउँछौँ, तर उहाँहरूको परिवारले अभिभावक र परिवारको मुली गुमाएको छ ।”
एमाले स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले ‘जनताको बहुदलीय जनवाद’ तीन दशकको अभ्यासबाट प्रमाणित भइसकेको बताए । जीवराजलाई कुशल संगठक हुनुका साथै आदर्श नेता पनि भएको उनको भनाइ छ ।
एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले जेठ ३ लाई अँध्यारो दिनका रूपमा चित्रण गरे । जीवराजका छोरा डा. सागर न्यौपानेले आजको दिनलाई कालो दिनको संज्ञा दिँदै षड्यन्त्रपूर्वक देशी विदेशी शक्तिहरूले नेता द्वयको हत्या गरेको बताए ।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य एवं चितवन जिल्ला इञ्चार्ज देवी ज्ञवाली, केन्द्रीय सदस्य एवं बागमती प्रदेश संसदीय दलका नेता जेएन थपलिया, जिल्ला अध्यक्ष कमल पाठक लगायतले बोलेका थिए । बि.सं. २०५० जेठ ३ गते नारायणगढ-मुग्लिन सडकखण्डको दासढुंगामा मदन-आश्रितको रहस्यमय जिप दुर्घटनामा निधन भएको थियो ।










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
प्रतिक्रिया