दासढुंगामा मदन-आश्रित स्मृतिसभा

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितप्रति श्रद्धाञ्जली दिन आज दासढुंगामा स्मृतिसभा सम्पन्न भएको छ ।
एमाले चितवनको आयोजना र मदन भण्डारी फाउण्डेशन चितवनको संयोजनमा भएको सभामा नेता कार्यकर्ताले नेता द्वयको शालिकमा माल्यार्पण गर्नुका साथै शब्दद्वारा श्रद्धा सुमन व्यक्त गरेका थिए । दासढुंगा मदन-आश्रितको जिप त्रिशूलीमा खसेको स्थल हो ।
सो अवसरमा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले मदन भण्डारीमा वैचारिक क्षमता अद्भुत रहेको चर्चा गर्दै उनीमा जुनसुकै कुरा बुझाउन सक्ने क्षमता रहेको बताए । मदन र आश्रितको परिवारले धेरै ठूलो त्याग गरेको बताउँदै उनले भने, “हामीले एक दिन दासढुंगामा आएर फूल चढाउँछौँ, तर उहाँहरूको परिवारले अभिभावक र परिवारको मुली गुमाएको छ ।”
एमाले स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले ‘जनताको बहुदलीय जनवाद’ तीन दशकको अभ्यासबाट प्रमाणित भइसकेको बताए । जीवराजलाई कुशल संगठक हुनुका साथै आदर्श नेता पनि भएको उनको भनाइ छ ।
एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले जेठ ३ लाई अँध्यारो दिनका रूपमा चित्रण गरे । जीवराजका छोरा डा. सागर न्यौपानेले आजको दिनलाई कालो दिनको संज्ञा दिँदै षड्यन्त्रपूर्वक देशी विदेशी शक्तिहरूले नेता द्वयको हत्या गरेको बताए ।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य एवं चितवन जिल्ला इञ्चार्ज देवी ज्ञवाली, केन्द्रीय सदस्य एवं बागमती प्रदेश संसदीय दलका नेता जेएन थपलिया, जिल्ला अध्यक्ष कमल पाठक लगायतले बोलेका थिए । बि.सं. २०५० जेठ ३ गते नारायणगढ-मुग्लिन सडकखण्डको दासढुंगामा मदन-आश्रितको रहस्यमय जिप दुर्घटनामा निधन भएको थियो ।
















नाइजेरियाली सेनाद्वारा अपहरण गरिएका ३१ जनालाई उद्धार, ५ जनाको मृत्यु
हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत, सार्वजनिक बिदाको दिन पनि सेवा
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट : आज पनि निरन्तर सुनुवाइ
फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्री गुरुङको दावी
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
नेपाल लाइफले भन्यो– दिपक भट्ट र ब्रोकर ५५ सँग कुनै कारोबार छैन
प्रतिक्रिया