अदालतको फैसलाले सरकारको आप्रवासी नीति प्रभावित : ट्रम्प

वासिङटन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अमेरिकी सर्वोच्च अदालतको पछिल्लो निर्णयप्रति आफ्नो गम्भीर असन्तोष सार्वजनिक रूपमा व्यक्त गरेका छन् । अदालतले भेनेजुएली आप्रवासीलाई शीघ्र निष्कासन गर्ने सरकारको प्रयासलाई रोकेको सन्दर्भमा उनले उक्त प्रतिक्रिया दिएका हुन् ।
ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत असन्तुष्टि व्यक्त गरेका हुन् । उनले लेखेका छन्, “संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतले जनताको मतद्वारा म प्राप्त गरिएका जिम्मेवारीहरू निर्वाह गर्न नदिएको अवस्था उत्पन्न भएको छ । यो दिन राष्ट्रका निम्ति चिन्ताजनक र खतरापूर्ण देखिन्छ ।”
राष्ट्रपति ट्रम्पले यो निर्णयले गम्भीर आपराधिक क्रियाकलापमा संलग्न, गिरोहसँग आबद्ध तथा मानसिक स्वास्थ्य समस्याबाट ग्रस्त आप्रवासीलाई पनि निष्कासन नगरी लामो कानुनी प्रक्रियामा राख्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन् । उनका अनुसार, यस्तो प्रक्रिया खर्चिलो र दीर्घकालीन हुने भएकाले राष्ट्रको सुरक्षामा असर पर्न सक्ने देखिन्छ ।
गएको मार्चमा राष्ट्रपति ट्रम्पले विदेशी शत्रु ऐनअन्तर्गत केही भेनेजुएली आप्रवासीलाई न्यायिक प्रक्रिया अघि नबढाई एल साल्भाडोर पठाउने निर्णय गरेका थिए । उक्त निर्णय सर्वोच्च अदालतले अप्रिल १९ मा अस्थायी रूपमा रोकेको थियो ।
शुक्रबारको फैसलामार्फत अदालतले टेक्सास राज्यमा रहेका थप आप्रवासीको प्रस्तावित निष्कासन कार्यलाई समेत हालका निम्ति स्थगन गरेको छ ।
















युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
उद्योग वाणिज्य महासङ्घ, लुम्बिनीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु¥याइँदै
फोहरबाट मोहरः व्यासले कमायो १७ लाख
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर गुनासो सुन्दै गृहमन्त्री
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रतिक्रिया