आध्यात्मिक जागरण र विश्व बन्धुत्वको सन्देश फैलाउन ‘खुला सत्सङ्ग’

ललितपुर । आध्यात्मिक जागरणका लागि सन्देश फैलाउने उद्देश्यसहित आज यहाँ बृहत् खुला सत्सङ्ग कार्यक्रम आयोजना गरिएको छ ।
सन्त निरङ्कारी मिसन नेपालको आयोजनामा नमूना मच्छिन्द्र माध्यमिक विद्यालय प्राङ्गण, लगनखेलमा भएको कार्यक्रममा वक्ताहरूले विश्व बन्धुत्व, शान्ति, प्रेम र मानव एकताका लागि आध्यात्मिक मार्ग निर्विकल्प रहेको जिकिर गरे ।
कार्यक्रमका प्रमुख वक्ता एवं ज्ञान प्रचारक महात्मा रविन्दर बडोनीले मानव समाज विभिन्न धर्म, सम्प्रदाय, जातजाति र पहिचानका नाममा निर्मित पर्खालले घेरिएको भन्दै पर्खालरहित संसार बनाउन आध्यात्मिक ज्ञान र चेतना अपरिहार्य रहेकामा जोड दिए । सन्त निरङ्कारी मिसन यही अभियानसहित मानव कल्याण र बन्धुत्वको सन्देश फैलाउन लागिरहेको भन्दै उनले कुनै पनि धर्मले तोड्ने नभई हरेक मानव समाजलाई जोड्नुपर्ने धारणा राखे ।
“धर्मको काम जोड्ने हो, परोपकार र मानव कल्याणका खातिर योगदान गर्ने हो । हाम्रा सबै अग्रज, धर्मग्रन्धले पनि परोपकार नै परमोधर्म भनेका छन्”, महात्मा बडोनीले भने, “त्यसविपरीत हामी भने प्रथा, परम्परा, धर्म, संस्कृतिका नाममा पर्खाल बनाइरहेका छौँ । मानवदेखि मानवलाई टाढा बनाइरहेका छौँ । अरूको अधोगतिमा आफ्नो हित देखिरहेका छौँ । यसैविरुद्ध आध्यात्मिक ज्ञान जरुरी छ, जो काम हाम्रो मिसनले गरिरहेको छ ।”
प्रतिनिधिसभा सांसद रञ्जु झा ठाकुरले पछिल्लो समय हरेक मानिसले शान्ति र प्रेमको कामना गरिरहे पनि सोअनुसारको मार्ग नअपनाउँदा समस्या भइरहेको बताए । उनले ब्रह्मको प्राप्ति नै सबै प्रकारका भ्रम समाप्तिको आधार भएकाले हरेक मान्छेले आध्यात्म र ज्ञानको मार्ग रोज्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा मिसनका नेपाल उपाध्यक्ष कृष्णबहादुर पन्त, सचिव अनिल महर्जन, काठमाडौँ क्षेत्रका क्षेत्रीय सञ्चालक बाबुराज महर्जन, महात्मा ध्रुव अधिकारी, भरत वड, राधव ठाकुरलगायतले प्रवचन र भजनमार्फत सत्सङ्ग, मानव कल्याण, सामाजिक उत्तरदायित्व र ब्रह्म ज्ञानका विषयमा चर्चा गरे ।
मिसनका तत्कालीन प्रमुख निरङ्कारी बाबा हरदेव सिंहको सन् २०१६ मे १३ का दिन निधन भएको सन्दर्भ पारेर हरेक वर्ष ‘समर्पण दिवस’ मनाइने गरिएको छ । दिवसका सन्दर्भमा नेपाल र भारतलगायत विश्वभर रहेका उनका अनुयायीले यस्तै विविध कार्यक्रम गरी स्मरण गर्ने गरेका महात्मा धु्रव अधिकारीले जानकारी दिए ।
आजको कार्यक्रममा ललितपुर महानगरपालिका–२९ का वडाध्यक्ष गणेशकुमार महर्जन, विभिन्न सामाजिक तथा आध्यात्मिक संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको थियो ।
















कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया