सांसदको प्रश्न – झ्यापझ्याप बत्ती जान्छ, के याे सरकारको आयुको संकेत हो ?
मेरोन्यूज
२०८२ जेठ ४ गते १२:१२

काठमाडाैं । माओवादी केन्द्रकी सांसद दुर्गा राईले बिजुली गइरहेको विषय सरकारको आयुको संकेत हो भन्ने प्रश्न गरेकी छन् ।
आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद राईले पछिल्लो समय लाइन काटिएको विषय उठाउँदै सरकारको आयुको संकेतसँग तुलना गरिन् ।
‘आजभोलि झ्यापझ्याप बत्ती जान्छ, किन सरकार ? के यो सरकारको आयुको संकेत हो ?,’ उनले प्रश्न गरिन् ।
त्यस्तै, माओवादीकै सांसद सूर्यमान तामाङ दोङले पनि नेपाली जनता अँध्यारोमा बस्नुपर्ने हो भनी प्रश्न गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया