सिरहामा लागुऔषध कारोबारीको घरबाट ५४ लाख रुपैयाँ बरामद

काठमाडौं । सिरहामा प्रहरी लागुऔषध कारोबारीको घरबाट झन्डै ५५ लाख रुपैयाँ बरामद गरेको छ।
सिरहा नगरपालिका-२२ का ३२ वर्षीय दिनेशकुमार यादवको घरबाट प्रहरीले शुक्रबार ५४ लाख १४ हजार २८५ रुपैयाँ बरामद गरेको हो।
प्रहरीले शुक्रबार लहान नगरपालिका-१२ भोटिया टोलबाट को५प ६९२७ नम्बरको मोटरसाइकलमा सवार यादवलाई लागुऔषध ब्राउनसुगर २१ ग्राम र नगद ५१ हजार ४५० रुपैयाँसहित पक्राउ गरेको थियो।
उनीसँगै मोटरसाइकलमा बसेकी उनकी बहिनी २६ वर्षीया किरण कुमारी यादवसमेत पक्राउ परेकी थिइन्।
सिरहा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार त्यसपछि यादवको घरमा प्रहरी पुग्यो।
उनको घरबाट १८० ग्राम ब्राउनसुगर, ५४ लाख १४ हजार १८५ रुपैयाँ नेपाली र भारु ३५ हजार ७० बरामद भएको थियो।
उनको घरबाट लागुऔषध ब्राउनसुगर तौलिने तराजुसमेत बरामद भएको पासवानले बताए।
यादव यसअघि २०८० साउन १२ गते ३.६ ग्राम ब्राउनसुगरसहित पक्राउ परेका थिए। उनी उक्त मुद्दामा ६ महिना कैद भुक्तान गरी २०८० माघ ५ गते छुटेका थिए।
‘जेलबाट छुटेपछि लागुऔषध कारोबारमा पुन: सक्रिय भएको पाइएको छ, आफ्नो कारोबारमा बहिनीलाई पनि जोडेको देखिएको छ,’ पासवानले भने।
यादवले लागुऔषध बिक्रीबाट जम्मा भएको रकम आफ्नो घरमा राखेको प्रहरीले जनाएको छ।
दुबै जनालाई लागुऔषध मुद्दामा अदालतबाट थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ।
यस्तै, सिरहा प्रहरीले शनिबार सिरहा नगरपालिका-२ महावीर चोकनजिकबाट स्रोत नखुलेको १६ लाख ३८ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिरहा नगरपालिका-१७ का सञ्जय कारक रहेका छन्। बिआर०६ ४६२९ नम्बरको मोटरसाइकलमा सवार उनको ब्यागबाट स्रवत नखुलेको रकम बरामद भएको पासवानले बताए।







HoR election: 81 days to go: EC gearing up for polls
Speaker Ghimire emphasizes need for people-centered parliamentary practices
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया