सोमबार, जेठ ५, २०८२

युवा संघ महाधिवेशनमा कसको पल्ला भारी ?

मेरोन्यूज २०८२ जेठ ५ गते १४:१६

काठमाडौँ । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघको १० औं राष्ट्रिय महाधिवेशन यही जेठ ९ देखि ११ गतेसम्म पोखरामा हुन लागेकाे छ । यसका लागि सबै तयारी पुरा भइसकेको छ ।

महाधिवेशनका लागि नेतृत्व हत्याउने दाउँमा युवा नेताहरु लागिपरेका छन् । उनीहरु अहिले न्वारनदेखिको बल प्रयोग गरेर नेताको घरको चुलाचौकासम्म पुग्ने गरेका छन् । युवा संघको नेतृत्वमा अहिले उपाध्यक्ष प्रकाश गौतम, सहित अर्का उपाध्यक्ष महाराज गुरुङ, कृष्णहरि केसी र महासचिव सुमन परी लागिपरेका छन् ।

चारजनामध्ये पुरी, केसी र गुरुङ्लाई तेस्रो तहका नेताहरुको भरपुर सहयोग छ । उपाध्यक्ष गौतमलाई भने युवा प्रतिनिधिहरुको साथ दिइरहेका छन् । चारै जनामध्ये काम गर्न सक्ने र सबै कमिटीबाट क्रमश उपाध्यक्ष पदमा पुगेका गौतम सबैका प्रिय नेता हुन् । उनी अहिले नेताको घर नभई कार्यकर्ताको मनमा बस्न सफल भएका छन् ।

महासचिव पुरी लुम्बिनी प्रदेश मुख्यमन्त्री लिलागिरीका भान्जा हुन् । २०६९ सालमा आयोग सदस्यमा पराजित उनी फाइल बढुवा हुँदै महासचिवसम्म पुगेका हुन् । २०८० सालमा नेपालगंजमा भएको महाधिवेशनमा उनी सर्वसम्मत महासचिवमा निर्वाचित भएका हुन् ।

यस्तै अध्यक्षका अर्का दावेदार केसी पनि २०६९ सालमा भएको बुटवल महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका हुन् । सहकारी संचालक तथा पार्टी प्यालेसमा लगानी रहेका उनी पनि फाइल बढुवामा पर्दै आएका छन् ।

अर्का अध्यक्षका दावेदार गुरुङ २०६९ सालमा बुटवल महाधिवेशन भएको बेला दोलखा जिल्लाबाट युवा संघको उपाध्यक्ष कारण प्रतिनिधि भएर आएका थिए । एमाले पोलिटव्युरो सदस्य पार्वत गुरुङको भान्जा पर्ने उनी दोलखामा पाँच बर्षसम्म जिल्ला अधिवेशन नगरे अध्यक्ष भइरहेका थिए । पेट्रोलपम्प संचालक रहेका उनी पनि फाइल बढुवा हुँदै उपाध्यक्षमा पुगेका थिए । चार नेता अध्यक्षका दावेदार पनि युवाले मनपराएका गौतमलाई पार्टी नेतृत्वले सहयोग गर्ने युवा संघका एक नेताले बताए ।

गौतम एमालेको राम्रो पकट भएको काठमाडौँ क्षेत्र नं. १ का युवा नेता समेत हुन् । गौतम राष्ट्रिय युवा संघ नेपालमा २०६४ सालदेखि सक्रिय रहेका छन् । उनी युवा संघ काठमाडौँ महानगर वडा नंं १० को वडाध्यक्ष हुँदै क्षेत्रिय सचिव हुँदै क्षेत्रिय अध्यक्षको रुपमा कार्यरत रहेका छन् ।

गौतमले काठमाडौँ जिल्ला सदस्य हुँदै केन्द्रीय खेलकुद विभाग सचिवको र बुटवलमा भएको युवा संघको ८ औं महाधिवेशनबाट उपत्यकाबाट केन्द्रीय सदस्यमा निर्वाचित भई काठमाडौँ जिल्लाको इन्चार्जको जिम्मेवारी सम्हालिसकेका छन् ।

यस्तै उनी बागमती प्रदेशको संस्थापक संयोजक र नेपालगंजमा भएको नवौं महाधिवेशन उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।युवा संघका उपाध्यक्षसहित उनी अहिले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी समेत सम्हालिरहेका छन् ।

पोखरामा हुने युवा संघको महाधिवेशनमा एक हजार ८३४ जना प्रतिनिधि सहभागि हुनेछन् । यसपटक युवा संघको केन्द्रीय कमिटी १५१ सदस्य हुनेछ ।

प्रतिक्रिया