हुन्डाईका ईभी किन्नेले विशेष छुट पाउने, बीमा र सडक कर पनि निःशुल्क

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई इलेक्ट्रीक सवारी साधनहरूमा आकर्षक प्रि-बजेट अफर ल्याएको छ ।
कम्पनीले नेपाली उपभोक्ताहरूको बीचमा विद्युतीय सवारी साधनको पहुँचलाई बढाउन उक्त अफर ल्याएको हो ।
यस अफर अन्तर्गत नयाँ हुन्डाई कोना इलेक्ट्रीक, आइओएन आइक्यू ५ र क्रेटा ईभी खरिद गर्ने ग्राहकले विभिन्न लाभ पाउने छन् ।
कम्पनीका अनुसार ग्राहकले हुन्डाई ईभीमा बीमा र सडक करसमेत निःशुल्क पाउने छन् । साथै तीनवटै मोडेलहरूमा विशेष नगद छुट पाउने कम्पनीले जनाएको छ ।
साथै, ग्राहकले आफूसँग भएका जुनसुकै गाडी पनि हुन्डाईका ईभीसँग साट्न सक्नेछन् ।
यो अफर जेठ ५ गतेदेखि १४ गतेसम्म लागू हुनेछ । यो अफरमा आकर्षक छुट र अन्य अफरको फाइदा उठाउन कम्पनीले ग्राहकलाई आग्रह गरेको छ ।
लक्ष्मी हुन्डाईले रिलाक्स चार्जिङ नेटवर्क विस्तार गरेर ईभी इकोसिस्टमलाई बलियो बनाउँदै लगेको छ । हालसम्म एसी र डीसी गरी ६६ वटा रिलाक्स चार्जिङ स्टेसन निर्माण गरिसकेको छ ।
















दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु
SAARC Secretary General pays courtesy call on Minister Khanal
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
प्रतिक्रिया