हुन्डाईका ईभी किन्नेले विशेष छुट पाउने, बीमा र सडक कर पनि निःशुल्क

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई इलेक्ट्रीक सवारी साधनहरूमा आकर्षक प्रि-बजेट अफर ल्याएको छ ।
कम्पनीले नेपाली उपभोक्ताहरूको बीचमा विद्युतीय सवारी साधनको पहुँचलाई बढाउन उक्त अफर ल्याएको हो ।
यस अफर अन्तर्गत नयाँ हुन्डाई कोना इलेक्ट्रीक, आइओएन आइक्यू ५ र क्रेटा ईभी खरिद गर्ने ग्राहकले विभिन्न लाभ पाउने छन् ।
कम्पनीका अनुसार ग्राहकले हुन्डाई ईभीमा बीमा र सडक करसमेत निःशुल्क पाउने छन् । साथै तीनवटै मोडेलहरूमा विशेष नगद छुट पाउने कम्पनीले जनाएको छ ।
साथै, ग्राहकले आफूसँग भएका जुनसुकै गाडी पनि हुन्डाईका ईभीसँग साट्न सक्नेछन् ।
यो अफर जेठ ५ गतेदेखि १४ गतेसम्म लागू हुनेछ । यो अफरमा आकर्षक छुट र अन्य अफरको फाइदा उठाउन कम्पनीले ग्राहकलाई आग्रह गरेको छ ।
लक्ष्मी हुन्डाईले रिलाक्स चार्जिङ नेटवर्क विस्तार गरेर ईभी इकोसिस्टमलाई बलियो बनाउँदै लगेको छ । हालसम्म एसी र डीसी गरी ६६ वटा रिलाक्स चार्जिङ स्टेसन निर्माण गरिसकेको छ ।
प्रतिक्रिया