आपूर्ति शृङ्खलालाई थप व्यवस्थित बनाएर महँगी नियन्त्रण गरेका छौँ: उद्योग मन्त्री

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आपूर्ति शृङ्खलालाई थप व्यवस्थित बनाएर महँगी नियन्त्रण गरिरहेको बताएका छन् । मन्त्री भण्डारीले सुपथ मूल्यका पसल सञ्चालनले आपूर्ति शृङ्खलालाई थप व्यवस्थित गराएको दाबी गरे । जसले गर्दा महँगी नियन्त्रणमा सहयोग पुगेको बताएका छन् ।
सोमबार नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको उपभोक्ता सुरक्षाबारे पत्रकारसँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले गएको दशैंमा साल्ट ट्रेडिङ कर्पोरेसन (एसटीसी)ले चिनीको आपूर्ति राम्रो गराएर सम्भावित अभाव हुन नदिएको बताए ।
मन्त्री भण्डारीले भने, ‘आपूर्ति शृङ्खला व्यवस्थित गर्न यो संस्थासँग नजिक भएर काम गर्ने कुरामा कसरी सहजीकरण गर्न सकिन्छ भनेर यो छलफल गरिरहेका छौँ । सरकारको नीतिलाई कार्यान्वयन गर्ने महत्त्वपूर्ण व्यावसायिक संस्थाको रूपमा यसले काम गरिरहेको छ,’ उनले भने, ‘आपूर्ति शृङ्खलामा देखिएको विविध समस्या समाधान गर्न सहयोग गर्नेछौँ ।’
यस्तै उनले रैथाने बालीबाट उत्पादित वस्तुहरूको बजारीकरण गर्न साल्ट ट्रेडिङ कर्पोरेसन (एसटीसी)ले महत्त्वपूर्ण योगदान दिएको बताए । अत्यावश्यक वस्तुको व्यापार र आपूर्तिमा एसटिसीले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए ।
साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री गरिरहेको नुनका कारण समस्या आइरहेको चर्चाबारे ध्यानाकर्षण भएको जनाएका छन् । मन्त्री भण्डारीले भने, ‘साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री गरिरहेको नुनमा आवश्यक मात्रा भन्दा बढी आयोडिन भएका कारण आम उपभोक्तालाई थाइराइड जस्ता अनेक रोगहरू निम्त्याइएको छ भन्ने कुराहरू आइरहेको छ । यसको वास्तविकताबारे जनचेतना फैलाउन आवश्यक रहेको छ ।’
साल्ट ट्रेडिङ कर्पोरेसनको व्यावसायिक विश्वासनियतालाई अझ सुदृढ गर्नुपर्ने उनले बताए । साल्ट ट्रेडिङ कर्पोरेशनसँग सम्बन्धित कहीँ कतै समस्या भए त्यसलाई खुलस्तरुपमा छलफल गर्ने समेत मन्त्री भण्डारीको भनाई छ ।
















युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
उद्योग वाणिज्य महासङ्घ, लुम्बिनीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु¥याइँदै
फोहरबाट मोहरः व्यासले कमायो १७ लाख
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर गुनासो सुन्दै गृहमन्त्री
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रतिक्रिया