मंगलबार, पुष १, २०८२

हावाहुरी र असिनापानीले ठूलो क्षति, एक जना घाइते

मेरोन्यूज २०८२ जेठ ६ गते ७:४१

बैतडी। हावाहुरी र असिनापानीका कारण बैतडीमा एक जना घाइते भएका छन् । सोमबार बेलुका आएको हुरीसँगैको वर्षाका कारण विभिन्न क्षेत्रमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

हुरीले सिँगास गाउँपालिका– २ मैतडका विष्णु बोहराको दुईतले जस्तापाताले छाएको घरको छाना उडाएको छ । छाना उडाउँदा जस्तापाताले लागेर घरभित्र रहेका १४ वर्षीय टेकेन्द्र बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए । टेकेन्द्रको टाउकोमा चोट लागेको छ ।

प्रतिक्रिया