गणपुरक संख्या नभएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
मेरोन्यूज
२०८२ जेठ ६ गते १६:३१

काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थागित भएको हो ।
‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्न गणपुरक संख्या अपुग भएको हो । सभामुख देवराज घिमिरेले प्रस्ताव निर्णयार्थ पेस गर्दा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गणपुरक संख्या एकीन गर्न माग गरेका थिए ।
संविधानको धारा ९४ अनुसार कुनै पनि प्रश्न वा प्रस्ताव पेस गर्न एकचौथाइ सांसद बैठकमा उपस्थित हुनुपर्ने व्यवस्था छ । सोहीअनुसार तीन मिनेट घण्टी बजाएर गणपुरक संख्या एकीन गरिएको थियो ।
प्रस्ताव पेस गर्दा गणपुरक संख्या ६९ हुनुपर्नेमा ६५ सांसद मात्रै बैठकमा उपस्थित भएकाले सभामुख घिमिरेले बैठक स्थगित गरेका हुन् ।
सम्बन्धित















आज (शुक्रबार) का लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया