कुस्ती टोली भारत जाने

काठमाडौं । युडब्लुडब्लु एसियन बेल्ट कुस्ती एलिस च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार भारतको नयाँ दिल्ली प्रस्थान गर्ने भएको छ ।
मे २१ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा ३ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । खेलाडीमा सुरेश चुनारा, सुजित यादव र रामकिशोर यादव छन् ।
तीनै खेलाडी राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडी हुन् ।
प्रशिक्षकमा मुम्ताज अली इद्रिसी छन् । प्रतियोगिताका दौरान हुने दक्षिण एसियाली कुस्ती महासंघको बैठकमा सहभागी हुन राखेपका सदस्य समेत रहेका नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारी पनि टोलीसंगै भारत जाने छन् । टोलीलाई सफलताको शुभकामना दिदै राखेपका सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।









एनपिएलः आज दुई खेल हुँदै
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
आज २०८२ साल मंसिर ११ गते बिहीबारको राशिफल
प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया