सर्वोच्च अदालतले गर्यो विश्व पौडेलविरुद्धको रिट दर्ता नहुने आदेश, गभर्नर नियुक्तिको बाटो खुल्यो

काठमाडौं । विश्व पौडेलविरुद्धको रिट दरपीठ आदेशलाई सर्वोच्चले सदर गरेको छ । योसँगै पौडेल गभर्नर नियुक्तिको बाटो तत्काललाई खुलेको छ ।
सर्वोच्च अदालतले डा. विश्व पौडेल गभर्नर नियुक्तिका लागि अयोग्य भनी परेको रिट दरपीठ गरेको थियो । तर, उनी योग्य हुन् वा होइनन् भन्ने विषय भने भविष्यमा उनको नियुक्ति भएको खण्डमा मात्र अदालत प्रवेश गर्नेछ ।
अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले दयार गरेको रिट सर्वोच्च प्रशासनले दर्ता नगरी दरपीठ गरेको थियो । दरपीठविरुद्धको रिटमा सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले दरपीठ आदेश सदर गरेको हो ।
गभर्नर नियुक्तिको योग्यतामाथि उठाएको प्रश्न गम्भीर भए पनि अहिले अपरिपक्व देखिएको अदालतको ठहर छ । भविष्यमा त्यस्तो निर्णय भएमा तत्कालै अदालतमा रिट दर्ता हुनेगरी दरपीठ आदेश सदर भएको हो ।
नियुक्ति नै नभई त्यसको परिपक्वता नहुने अदालतको ठम्याइ छ ।
















सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ
राष्ट्रपतिले जारी गरे थप एक अध्यादेश
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव
प्रतिक्रिया