सर्वोच्च अदालतले गर्यो विश्व पौडेलविरुद्धको रिट दर्ता नहुने आदेश, गभर्नर नियुक्तिको बाटो खुल्यो

काठमाडौं । विश्व पौडेलविरुद्धको रिट दरपीठ आदेशलाई सर्वोच्चले सदर गरेको छ । योसँगै पौडेल गभर्नर नियुक्तिको बाटो तत्काललाई खुलेको छ ।
सर्वोच्च अदालतले डा. विश्व पौडेल गभर्नर नियुक्तिका लागि अयोग्य भनी परेको रिट दरपीठ गरेको थियो । तर, उनी योग्य हुन् वा होइनन् भन्ने विषय भने भविष्यमा उनको नियुक्ति भएको खण्डमा मात्र अदालत प्रवेश गर्नेछ ।
अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले दयार गरेको रिट सर्वोच्च प्रशासनले दर्ता नगरी दरपीठ गरेको थियो । दरपीठविरुद्धको रिटमा सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले दरपीठ आदेश सदर गरेको हो ।
गभर्नर नियुक्तिको योग्यतामाथि उठाएको प्रश्न गम्भीर भए पनि अहिले अपरिपक्व देखिएको अदालतको ठहर छ । भविष्यमा त्यस्तो निर्णय भएमा तत्कालै अदालतमा रिट दर्ता हुनेगरी दरपीठ आदेश सदर भएको हो ।
नियुक्ति नै नभई त्यसको परिपक्वता नहुने अदालतको ठम्याइ छ ।










प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट
एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा
जुम्लामा १८ हजार मेट्रिकटन स्याउ उत्पादन
मुलुक हरेक दृष्टिकोणले सम्पन्न छ : अध्यक्ष लिङ्देन
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया