वर्तमान सरकार आर्थिक विकास र पूर्वाधार निर्माणमा केन्द्रित छ : शंकर पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकार आर्थिक विकास, पूर्वाधार निर्माणलगायत काममा केन्द्रित रहेको बताएका छन्।
प्रेस चौतारी नेपाल दाङ शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दुई ठूला दल कांग्रेस र एमाले मिलेर बनेको वर्तमान सरकार जनताका निराशा अन्त्य गर्दै आर्थिक विकासमार्फ जीवनस्तर उकास्ने काममा प्रयासरत रहेको उल्लेख गरे।
अहिलेको सत्ता गठबन्धन २०८४ को निर्वाचनसम्म निरन्तर रहने दाबी गर्दै महासचिव पोखरेलले सरकारविरुद्ध कसैले नकारात्मक प्रचार गरे त्यो निराधार हुने धारणा राखे। सत्ता साझेदार दलबीच असमझदारी नहुँदासम्म सरकार निरन्तर रहने उनले बताए।
वर्तमान सरकारको नीति र योजनाका कारण पछिल्लो समय मुलुक आर्थिक रूपमा सबल बन्नुका साथै राजस्व सङ्कलनमा वृद्धि भएको महासचिव पोखरेलले दाबी गरे। ‘दाङको घोराही–तुलसीपुर चारलेन सडक निर्माणका लागि बोलपत्र आह्वान भएको छ, यथाशीघ्र काम सुरु हुन्छ। लमही–घोराही सडकलाई वैकल्पिक मार्गका रूपमा अगाडि बढाउने योजना सरकारले बनाएको छ’, उनले भने।
उनले दाङको टरिगाउँ विमानस्थललाई विस्तार गरिने जनाउँदै पिउने पानी र सिँचाइका लागि पनि विभिन्न योजना बनाइएको बताए। ‘दाङको औद्योगिक क्षेत्रमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गर्ने काम यथाशीघ्र सुरु हुनेछ”, उनले भने, ‘इन्धन डिपो निर्माणको विषयमा सरोकार भएकासँग छलफल भइरहेको छ।’
महासचिव पोखरेलले लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा जग्गाको कित्ताकाट्को काम आगामी आर्थिक वर्षदेखि नै अगाडि बढाइने बताए। प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रममा यो विषय समावेश गरेको उनले जानकारी दिए।
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया