नेसपा (नयाँ शक्ति) का पदाधिकारी माओवादीमा

रुकुम (पूर्व) । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का जिल्लास्तरीय नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत रुकुम पूर्वको सदरमुकाम रूकुमकोटमा आयोजित जनसंवाद कार्यक्रममा नेसपाका जितमान पुनसहितका जिल्लास्तरीय नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।
जनमुक्ति सेनाका पूर्वकमान्डर तथा पूर्वजिल्ला सेक्रेटरीसमेत रहेका पुनलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा स्वागत गरे। त्यसैगरी नेकपा एमालेका लुम्बिनी प्रदेश सदस्य उपेन्द्रलाल कामीलाई पनि अध्यक्ष प्रचण्डले स्वागत गरे।
पार्टी प्रवेश गर्नेहरुमा नेसपाका जिल्ला संयोजक राखिमान घर्तीमगर, उपाध्यक्ष सतमान पुन, बलबहादुर छिनाल, सचिव धर्मटेक घर्तीमगर, कोषाध्यक्ष पुथ्बीहादुर घर्तीलगायत छन्।
अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गर्दै परिवर्तनको आन्दोलनमा पुनः जुट्न आग्रह गरे।









सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई राष्ट्रपतिकाे सुझाव
समावेशीकरणको संरक्षण गर्नु राज्यको दायित्व हो : प्रधानमन्त्री कार्की
पाँचखाल खानेपानी आयोजना अन्तिम चरणमा
निवर्तमान सांसद चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा
सङ्खुवासभामा आगलागीमा परी वृद्धको मृत्यु
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलकाे फाइनलमा
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
प्रतिक्रिया