आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने, तराइमा ताताे हावा बहने

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली प्रदेश र सुदुरपशचिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक बदली रहेको छ। कोशी प्रदेश, बाग्मती प्रदेश र सुदुरपशचिम प्रदेशका एक दुइ स्थानमा मेघगर्जन र चट्याङ्ग्सहित हल्का वर्षा भईरहेको छ।
दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश,लुम्विनी प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च(पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ।
राती भने कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश ,मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश, बाग्मती प्रदेश र सुदुरपश्चिम प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना भएको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सो को असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।









दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म भएका उतार-चढाप
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
Lumbini Lions clinch NPL second edition title
विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
प्रतिक्रिया