दोस्रो संस्करणको सीप मेला २०८२ सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि दोस्रो संस्करणको सीप मेला २०८२ कार्यक्रम सुरु गरेको छ । टुँडिखेलमा सुरु भएको मेलाको प्रारम्भमा रोजगार र स्वरोजगार बन्ने अवसरसँग सम्बन्धित विषयमा अभिमुखीकरण आयोजना गरिएको छ । अभिमुखीकरण कार्यक्रममा तालिमका लागि छनोट भएका एक हजार ६४१ जना उपस्थिति भएका छन् ।
अपराह्न साढे ३ बजेदेखि थालिएको ‘अनलाइन’ नाम दर्तामा एक हजार ३७७ जनाले सोधपुछ र मेलाका विषयमा जानकारी लिएको महानगर सहरी योजना आयोगका इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिए। महानगरले सरकारी निकाय, गैरसरकारी सङ्घसंस्था, निजी क्षेत्र तथा दातृ निकायसँग सहकार्य गरेर निःशुल्क तालिम सञ्चालन गरेको हो ।
मेलाबाट २०८२ जनालाई निःशुल्क तालिम दिने लक्ष्य राखिएको छ । यसमा महानगरपालिकाभित्र स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने, ल्यान्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति र यसअघि सडकपेटीमा व्यापार–व्यवसाय गरिरहेका व्यक्तिहरुलाई तालिमको प्राथमिकतामा राखिएको ई झाले बताए । आलिदेखि बागबजारमा रहेको काठमाडौँ मोडल कलेजमा सैद्धान्तिक कक्षाहरू हुनेछन ।
तालिममा सहभागी हुन इच्छुकले ११ बजेदेखि टुँडिखेलमा गएर अनलाइन फाराम भर्न र तालिमका विषयमा थप जानकारी लिन सक्ने जनाइएको छ । एक सय घण्टाको तालिमका लागि दुई हजार ९२५ जना सहभागीलाई छनोट गरिएको छ । मेला कार्यान्वयन समितिका संयोजकसमेत रहेका झाका अनुसार गएको वर्षको सिकाइ र रोजगार क्षेत्रबाट आएको पृष्ठपोषणका आधारमा यस वर्षको मेला थालिएको हो ।
यस वर्षका तालिममा २० प्रतिशत सैद्धान्तिक कक्षा र ८० प्रतिशत प्रयोगात्मक कक्षा सञ्चालन हुनेछन् । आइसिटी क्षेत्रमा साइबर सेक्युिरटी, मल्टिमिडिया, डट नेट, जाभा, पिएचपी र ग्राफिक्स, डिजिटल मार्केटिङ, ड्रोन, रोबोटिक्स, फाइबर अब्टिक्स टेक्निसियन, बौद्धिक कृत्रिमतालगायत १२ विधा छन् ।
यस्तै, ब्युिटसियन क्षेत्रमा कृत्रिम कपाल बनाउने सौन्दर्यकर्मी, मेकअप एन्ड हेयर, नेल टेक्निसियन, कपाल काट्नेलगायत विधामा तालिम दिइने छ । गार्मेन्ट्समा गार्मेन्ट फेब्रिकेटर र बेसिक फेसन डिजाइनिङ् गरी दुईवटा पेसा, कन्स्ट्रक्सनमा इलेक्ट्रिसियन, प्लम्बिङ, मेसिन, वेल्डिङ र कार्पेन्ट्री गरी पाँच, हस्पिटालिटीमा बारिस्ता, वेटर, फास्ट फुड र बेकरी गरी चार पेसाका तालिम हुनेछन् । कृषिमा फूलको सजावट र स्टक मार्केटसम्बन्धी तालिम मेलामा हुने बताइएको छ ।
















यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आज वैशाख २१ गते सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया