हावाहुरीले अकबरे खुर्सानीमा क्षति, किसान चिन्तित
मेरोन्यूज
२०८२ जेठ १० गते ९:४५

भोजपुर। वर्षासँगै आएको हावाहुरीले खुर्सानी खेतीमा क्षति भएपछि भोजपुर बोखिमका किसान चिन्तित बनेका छन् ।
हुरीका कारण फुल्दै गरेको अकबरे खुर्सानी लडाइदिएपछि किसान चिन्तामा परेका हुन् ।
निरन्तरको वर्षाले फल्ने बेला भएको खुर्सानीमा क्षति भएको कृषक कुमार विष्टले बताए । राम्रो नगदेबालीका रुपमा रहेको खुर्सानी फल्ने बेलामा हावाले क्षति गरेपछि समस्या भएको उनको भनाइ छ ।
बोखिमका अधिकांश किसानले अबकरे खुर्सानीको व्यावसायिक खेती गर्दै आएका छन् । मल्चिङ प्रविधिबाट यहाँका किसानले खुर्सानीको खेती गरिरहेका छन् ।
पछिल्लो समय दैविक प्रकोपको अलावा, खुर्सानीको जरा कुहिने, पात पहेँलो हुने, कीरा लाग्ने समस्या बढी मात्रामा देखिन थालेको किसानको भनाइ छ ।
भोजपर नगरपालिकाको बोखिम, पोखरे, भैँसीपङ्खालगायत क्षेत्रमा खुर्सानीको व्यावसायिक खेती हुने गरेको छ ।
सम्बन्धित
















वनस्थलीमा रास्वपाको सचिवालय बैठक
युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना
स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा किसान सूचीकरण कार्यक्रम सञ्चालन
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया