सङ्घीयताबारे छलफल गर्न राष्ट्रियसभा सदस्यहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा

काठमाडौं । यही जेठ ११ र १२ गते सातवटै प्रदेशमा आयोजना हुने “सङ्घीयता सबलीकरणमा राष्ट्रियसभाको जिम्मेवारी, प्रदेश र स्थानीय तहसँग समन्वय र साझेदारी” विषयमा आयोजना हुने छलफलमा भाग लिन राष्ट्रियसभा सदस्यहरु आ–आफ्ना प्रदेशतर्फ प्रस्थान गरेका छन् ।
छलफलमा सङ्घीयता कार्यान्वयन, वित्तीय सङ्घीयता, सार्वजनिक सेवा र विकासका बारेमा विचारविमर्श हुने संसद् सचिवालयले जनाएको छ ।
कोशी प्रदेशमा हुने छलफलको संयोजन कृष्णप्रसाद सिटौला, मधेसमा मोहम्मद खालिद र बागमती प्रदेशमा गङ्गाकुमारी बेलबासेले गर्नेछन् ।
यसैगरी, गण्डकी प्रदेशका लागि कमलादेवी पन्त, लुम्बिनीका लागि गोपाल भट्टराई, कर्णालीमा मायाप्रसाद शर्मा र सुदूरपश्चिम प्रदेशका लागि मदनकुमारी शाहलाई संयोजकको जिम्मेवारी तोकिएको सचिवालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । सम्बन्धित प्रदेशबाट निर्वाचित राष्ट्रियसभाका सबै सदस्य छलफलमा सहभागी हुनेछन् ।
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल बागमती र उपाध्यक्ष विमला घिमिरे लुम्बिनी प्रदेशको छलफल तथा मनोनित सदस्य अञ्जान शाक्य कर्णाली प्रदेशको कार्यक्रममा सहभागी हुन जनाइएको छ ।










एमाले महाधिवेशनः मतदान सुरु
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’
यस्तो छ आजको मौसम पूर्वानुमान
उच्छृङ्खल गतिविधि गर्नेलाई कारबाही हुन्छ : राष्ट्र बैंक
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया