प्रधानमन्त्री ओलीको निर्देशन– तयार हुनस्, १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते काठमाडौंमा जनता परिचालन गर्ने बताएका छन् । वाग्मती प्रदेशका वडाअध्यक्षहरुको प्रशिक्षणमा उनले राजावादीहरुको आन्दोलनप्रति लक्षित गर्दै तयारी रहन निर्देशन दिएका हुन् ।
“निर्देशन पछि आउँछ । तपाईंंहरु जस्तो जे गर्नुपर्छ । तयारी हालतमा बस्नुस्,” उनले भने । उनले १५ गते ११ बजेदेखि दिउँसो २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्ने बताए ।
“१५ गते ११–२ बजेसम्म काठमाडौंमा नेकपा (एमाले)को नियन्त्रण हुनुपर्छ । कुन संस्थाको आयोजना हुन्छ, छोडिदिनुस् । आन्दोलनमा प्रोटोकल हुँदैन,” उनले भने ।
उनले सरकार र जनता चुप लागेकाले राजावादीहरूको फूर्तिफार्ती बढेको समेत बताए ।
“सरकार अलि मौन बसेको, जनता चुप मौन बसेको अवस्था लिएर फुर्तिफार्ती देखाएका छन् । यी अक्षता मन्छाउने हुन्, ठ्ङ्यारो लिएर एमाले मैदानमा उत्रिएपछि यी कताकता पुग्छन्,” उनी भन्छन् ।
















नेपाल ‘ए’सँग स्कटल्यान्ड पराजित
स्वास्थ्य प्रतिष्ठानहरूमा निमित्त निर्देशक नियुक्त
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १७ प्यालेस्टिनी नागरिक पक्राउ
नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया