गृहमन्त्रीले राजीनामा दिने कि नदिने भन्नेमा कांग्रेसमा दुई धार
कांग्रेस संस्थापन इतरपक्षले नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएकाे छ भने संस्थापनपक्ष उनको बचाउमा उभिएको छ ।

काठमाडौं । ‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम मुछिएपछि नेपाली कांग्रेसमा दुई धार देखिएको छ ।
कांग्रेस संस्थापन इतरपक्षले गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएकाे छ भने संस्थापनपक्ष उनको बचाउमा उभिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट भिजिट भिसामा सेटिङ भएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेकाे छ । बुधबार अख्तियारले अध्यागमनका कर्मचारी सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर सोधपुछ गरेसँगै लेखकमाथि समेत प्रश्न उठेको हो ।
इतर समूहका नेता डा. शेखर कोइरालाले गृहमन्त्री लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका छन् । डा. कोइरालाले विगतमा पनि केही मन्त्रीहरूले राजीनामा दिएर छानबिनमा सघाएको उदाहरण रहेकाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने बताए ।
‘नैतिकताको हिसाब म क्लिन छु । मैले राजीनामा गरे । छानबिन समिति बनाउनुस् । गर्नुहोस् तपाईंहरू भने भइहाल्यो नि’, डा. कोइरालाले भने, ‘त्यसले मोरल स्ट्याटस देखिन्छ ।’
यता संस्थापन पक्षीय नेता पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले कुनै एक जना कर्मचारीले गरेको गल्तीलाई आधार बनाउँदै गृहमन्त्रीको राजीनामा माग्नु गलत भएको टिप्पणी गरेका छन् ।
आइतबार बिहान विराटनगर पुगेका सिटौलाले कर्मचारीले गरेको गलत क्रियाकलापलाई आधार बनाएर मन्त्रीको राजीनामा माग्ने कार्यले गलत नजिर बस्ने बताए । ‘विगतमा मन्त्रीहरू माथि नै कुरो उठेकोले राजीनामा दिएका उदाहरण हामीसँग छन्,’ सिटौलाले भने, ‘अहिले मन्त्रीमाथि कुरा उठेको होइन । अध्यागमन विभागको कर्मचारी माथि आरोप लागेको छ । अख्तियारले छानबिन गरिरहेकोले मन्त्रीमाथि आरोप लगाउन केही समय पर्खनुपर्छ । केहीले आरोप लगाए भन्दैमा मन्त्रीले राजीनामा दिन पर्दैन ।’
प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री लेखकको राजीनामा माग गरेको छ । शनिबार विज्ञप्ति जारी गर्दै मन्त्री अनुसन्धानको घेरामा गरेपछि राजीनामा दिनुपर्ने लेखककै संसद्को अभिव्यक्ति स्मरण गराउँदै रास्वपाले उनको राजीनामा मागेको हो ।
प्रतिपक्षी रहँदा लेखकले सहकारी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेले राजीनामा दिनुपर्ने भन्दै अभिव्यक्ति दिएका थिए । लामिछानेको राजीनामा माग गर्दै उनले आराेप लागेपछि मन्त्रीहरुले राजीनामा दिएर अनुसन्धानका लागि सघाएको चर्चा गरेका थिए ।
‘उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलन गर्ने, ठगी गर्ने, दुरुपयोग गर्ने विषयमा उहाँको संलग्नता छ । यसै सदनले यसभन्दा पहिला स्थापित गरिसकेको विषय कुनै पनि माननीय मन्त्रीजी यदि कुनै अनुसन्धानको घेरामा आउनुभो, प्रश्न उठ्यो, राज्यको सक्षम निकायले अनुसन्धान गर्नुपर्ने स्थिति भयो भने त्यस्तो माननीय मन्त्रीजी मन्त्रीको पदमा रहन पाउनुहुन्न, रहनुहुन्न’ लेखकले भनेका थिए ।
गृहमन्त्री लेखकले भने आफूलाई नियोजित तरिकाले जोडेर झुटो प्रचार गरिएको बताएका छन्।
शनिबार एक भिडियाेमार्फत उनले त्रिभुवन विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै नभई राजनीतिक जीवनमै एउटा मात्रै आर्थिक अनियमितता प्रमाणित गर्न चुनौती समेत दिएका छन्।
‘यदि एउटा मात्रै पनि मैले आर्थिक अनियमितता गरेको प्रमाणित कसैले गर्यो भने म पदबाट होइन, राजनीतिबाट राजीनामा दिन्छु,’ उनले भनेका छन् ।
उनले लाखौंको संख्यामा रहेको गृह मन्त्रालयका कुनै पनि कर्मचारीमाथि संवैधानिक निकायले अनुसन्धान गर्न सक्ने बताए। तर कर्मचारीको विषयमा अनुसन्धान हुँदा मन्त्रीले राजीनामा गर्न सम्भव नहुने उनकाे भनाइ थियाे ।
यही विषयमा गृहमन्त्री लेखकले १३ गतेकाे संसद् बैठकमा जवाफ दिँदैछन् ।
यसैबीच कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीहरूको बैठक बोलाएका छन्। सोमबार बिहान ९ बजे बुढानीलकण्ठस्थित आफ्नै निवासमा बस्नेगरी बैठक सभापतिले बैठक डाकेका हुन्।
पार्टीका एक नेताका अनुसार बैठकमा गृहमन्त्री रमेश लेखकसँग जोडिएको अध्यागमन विवादबारे पनि छलफल हुनेछ। पार्टी भित्र र बाहिर लेखकलाई राजीनामा दिन चौतर्फी दबाब बढिरहेका बेला त्यो विषयमा छलफल हुन लागेको हो।
















Death toll in Madagascar cyclone rises to 35
National Assembly’s current session prorogues from midnight on February 13
दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि
फागुन ३ गतेभित्र घोषणा पत्र बुझाउन उम्मेदवारहरुलाई आयोगको आग्रह
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ सकियाे
प्रतिक्रिया