निकिताको आक्रोश- अदालतले न्याय दिएन अब, न्याय माग्न म कहाँ जाऊँ? मनको डर मेटाउन कसलाई गुहारौं?

काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल बुटबलको सुप्रिम सहकारी ठगी मुद्दामा सर्वोच्च अदालतले दिएकाे आदेशमा स्तब्ध र आक्रोशित बनेकी छन्।
गएकाे शुक्रबार करिब २ बजे बहस सकिएपछि पौडेल आदेशको प्रतीक्षामा थिइन्। झन्डै ७ घण्टा लामो प्रतीक्षापछि पनि अदालतले आधिकारिक जानकारी नदिएको उनको भनाइ छ।
प्रवक्ता आदेश सुनाउन भन्दै कार्यकक्षबाट निस्किएपछि नफर्किएको र पत्रकारमार्फत बाहिर ‘नेगेटिभ समाचार’ आएको जानकारी पाएपछि मात्रै आफूलाई फैसलाको बारेमा थाहा भएको उनले बताएकी छिन्। “म अदालतमै छु। केही घण्टादेखि आदेशबारे आधिकारिक जानकारी दिने प्रवक्ताको कार्यकक्षमै छु। म निवेदक, मेरो श्रीमानबारे आएको आदेश बाहिरबाट सुन्नुपर्ने, अदालतले आधिकारीक रुपमा नसुनाउने। अदालत प्रशासन कतिसम्म गैरजिम्मेवार,” उनले आक्रोश व्यक्त गरिन्।
पौडेलले अदालतले न्याय मात्र नभएर मानवीय व्यवहार पनि नगरेको गुनासो गरेकी छिन् । “अदालतले न्याय त दिएन–दिएन, मानवीय व्यवहार पनि गरेन। मानवता हराएको देश!” उनले लेखेकी छिन्।
फैसलाको भोलिपल्ट (शनिबार) भैरहवा जानुपरेको र आफू जिउँदो लास भएर हिँडेको अनुभव उनले सुनाएकी छिन्। “अन्यायको शिकार भएकी म, कसरी तंग्रिएर हिंडे होला। कसरी उहाँको अगाडि पुगें, थाहा छैन। सायद जिउँदो लास भएर हिंडेछु।”
उनले आफ्नो श्रीमानविरुद्ध कुनै प्रमाण नहुँदा पनि मुद्दा लगाइएको र नियत राखेर थुनिएको आरोप लगाएकी छिन्। गैरकानूनी पक्राउबारे परेको रिटमा अदालतले एक शब्द पनि नबोलेको भन्दै उनले अब न्याय माग्न कहाँ जाने भनी प्रश्न गरेकी छिन्।
“गणतान्त्रिक राज्यमा समेत न्याय र मानवीयता मृत भेटेपछि मेरो आस्था र विश्वासको जग बेस्सरी हल्लिएको छ। थाहा छैन, फेरि स्थिर हुन्छ कि सदाका लागि ढल्छ!”










सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
कतार पठाउन लागेका दुई हात्तीको बिदाइ
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
प्रतिक्रिया