बिहीबार, फागुन २१, २०८२

लिभरपुलको बिजय यात्राको भिडमा कार कुदाइयाे, ४७ जना समर्थक घाइते

मेरोन्यूज २०८२ जेठ १३ गते ९:२२

लन्डन । बेलायतको लिभरपुल सहरमा एक व्यक्तिले आफ्नो कारले धेरै फुटबल फ्यानलाई किचेका छन । 

Advertisement
nepal life insurencenepal life insurence

सो भयानक दुर्घटनामा परी ४७ जना घाइते भएका छन् । जसमध्ये २७ जनालाई अस्पताल भर्ना गरिएको छ भने २० जनाको घटनास्थलमै उपचार गरिएको थियो ।

यी फ्यानहरू प्रिमियर लिगमा लिभरपुल फुटबल क्लबको जितमा विजयी परेडमा सहभागी भएका थिए । स्थानीय प्रहरीका अनुसार सोमबार साँझ स्थानीय समय अनुसार करिब ६ः०० बजे वाटर स्ट्रिटमा सो कारले धेरै पैदलयात्रीलाई ठक्कर दिएको थियो । सो घटनामा संलग्न ५३ वर्षीय अभियुक्त भने पक्राउ परेका छन् । मिडिया रिपोर्टका अनुसार यस परेडमा करिब १० लाख मानिस सहभागी रहेका थिए।

स्थानीय प्रहरीले एक विज्ञप्ति जारी गर्दै अभियुक्त लिभरपुल क्षेत्रमा बस्ने गोरा मानिस भएको बताएको छ । ‘हामी मानिसहरूलाई आज राती के भयो भनेर अनुमान नगर्न अपील गर्दछौं,’ प्रहरीले भनेको छ। प्रहरीले मानिसहरूलाई विचलित पार्ने भिडियो वा तस्बिरहरू अनलाइन सेयर नगर्न अपिलसमेत गरेको छ।

लिभरपुल रिभरसाइडका सांसद किम जोन्सनले भने, ‘दुर्घटनामा परेका सबै पीडितहरू सकुशल रहेका छन् र छिट्टै आफ्नो परिवारसम्म पुग्नेछन् भन्ने आशा राख्दछु।’

उता, बेलायती प्रधानमन्त्री केयर स्टारमरले यो घटनालाई स्तब्ध पार्ने बताएका छन् । उनले भने, ‘लिभरपुलका तस्बिरहरू भयानक छन्, मेरो संवेदना घाइतेहरु सँग रहेको छ। मलाई घटनाको पूर्ण जानकारी दिइएको छ। प्रहरीलाई अनुसन्धानका लागि आवश्यक समय र स्थान दिन जनतालाई आग्रह गर्दछु।’

साथै, लिभरपुल फुटबल क्लबका प्रवक्ताले भने– ‘हामी प्रहरीसँग सम्पर्कमा छौं । आज साँझ ट्रफी परेडका क्रममा वाटर स्ट्रिटमा भएको घटनाको जानकारी दिँदै । हाम्रो विचार र प्रार्थना यस घटनाबाट प्रभावित सबैसँग छ।’

प्रतिक्रिया