दुर्गा प्रसाईंका दुई बडिगार्ड रिहा
मेरोन्यूज
२०८२ जेठ १३ गते १५:०६

काठमाडौं । तीनकुने घटनामा पक्राउ परेका दुर्गा प्रसाईंका दुई बडिगार्ड रिहा भएका छन् ।
राजावादी प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका प्रसाईंका बडिगार्ड संलग्न रहेको प्रमाण नदेखिएकाले रिहा गर्ने निर्णय भएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंले प्रसाईंका बडिगार्ड दीपक खड्का र रामकुमार धिमाललाई समेत मुद्दा चलाउन सिफारिस गरेको थियो । तर जिल्ला सरकारी वकिलको कार्यालयले भने वस्तुनिष्ठ आधार प्रमाण नदेखिएको भन्दै उनीहरुलाई मुद्दा नचल्ने निर्णय गरेको थियो ।
दुवैजना आइतबार बेलुका रिहा भएका छन्।
१५ चैतमा तीनकुनेमा भएको राजावादी हिंसात्मक प्रदर्शनमा पक्राउ परेकाहरूविरुद्ध अहिले अनुसन्धान भइरहेकाे छ ।
सम्बन्धित
प्रतिक्रिया